default_image

2 years ago

November 21, 2023

अनन्त र दिनेश नेपाली टोलीमा फिर्ता

2856 views

0 Bookmark

काठमाडौं (हाम्रोखेलकुद) – डिफेन्डर अनन्त तामाङ र फरवार्ड दिनेश हेन्जन नेपाली राष्ट्रिय टोलीमा फिर्ता भएका छन् । फिफा विश्वकप छनोटको दोस्रो चरणको युएईविरुद्ध पहिलो खेल चोटका कारण गुमाएका अनन्त र दिनेश आज साँझ हुने यमनविरुद्धको खेलका लागि भने टोलीमा रहेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

अनन्त र दिनेशले पहिलो खेलमा घाइते भएका मिडफिल्डर लाकेन लिम्बु र अर्का मिडफिल्डर निशान हमालको स्थान लिएका छन् । लाकेनले यस खेल गुमाउने नेपालका प्रशिक्षक भिन्सेन्जो अल्बर्टा अनेसेले बताएका थिए ।

यस्तै फरवार्ड अन्जन विष्ट पनि खेल्ने नखेल्ने स्पष्ट नभएको बताएपनि अन्तिम समयमा मेडिकल टोलीले अन्जनलाई खेल्नका लागि स्वीकृत गरेको हो । नेपाल र यमन विरुद्धको खेल साँझ ७ बजे दशरथ रंगशालामा सुरु हुने छ । समूहको पहिलो खेलमा नेपालले युएई विरुद्ध ४–० को हात बेहोरेको थियो।

नेपाली फुटबल टोली

गोलकिपर – किरण कुमार लिम्बु, दीप कार्की, अभिषेक बराल

रक्षक –सनिश श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, अन्जन राई, आशिष चौधरी, अमृत श्रेष्ठ, एरिक विष्ट, छिरिङ लामा, योगेश गुरुङ

मिडफिल्डर – उत्सव राई, कृतिशरत्न छुन्जु, मनिष डाँगी, सेसेहाङ आङ्देम्बे

फरवार्ड –अन्जन विष्ट, आयुष घलान, जिलेस्पी जंग कार्की, हिसुब थपलिया, सञ्जीव विष्ट, राजेश परियार, दिनेश हेन्जन

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.