2 years ago
November 21, 2023
एजेन्सी – युरो कप २०२० को उपाधि जितेको इटाली उपाधि रक्षाका लागि पुनः युरो कपमा छनोट भएको छ । यूक्रेन सँग गएराति गोलरहित बराबरी खेलेपछि इटाली पुनः छनोट भएको हो ।

फिफा विश्वकपको पछिल्ला दुई संस्करण गुमाएको इटालीले युरो कपमा भने सहभागितालाई निरन्तरता दिन सक्यो । यससँगै युरो कपको हरेक संस्करणमा इटालीले निरन्तरता दिएको छ । सन् २०२१ मा युरो कप जितेपनि पोर्चुगलविरुद्ध प्ले-अफमा हारेपछि इटाली विश्वकप पुग्नबाट बन्चित भएको थियो ।
उता युक्रेन भने गोलरहित बराबरी भएसँगै युरो कपमा छनोट हुन सकेन । दुवै टोलीले १४ अंकमा छनोट यात्रा समाप्त गरे। तर हेड टू हेडका आधारमा इटाली छनोट भयो । यी दुई टोली बीचको पहिलो खेल भने इटालीले २-१ ले जितेको थियो ।
यूक्रेन अब युईएफए नेसन्स लिग अन्तर्गतको प्ले-अफ बाट छनोट हुने प्रयत्न गर्ने छ । यस समूहबाट इंग्ल्याण्डका १८ अंक सहित समूह विजेता बन्दै छनोट भएको छ ।
एक दिनको खेल मात्र बाकी रहँदा आयोजक जर्मनी सहित स्पेन, स्कटल्याण्ड, फ्रान्स, नेदरल्याण्ड्स, इंग्ल्याण्डका, इटाली, अल्बेनिया, चेकीया, बेल्जियम, अष्ट्रिया, हंगेरी, टर्की, सर्बिया, डेनमार्क, स्लोभेनिया, स्विट्जरल्याण्ड, रोमानिया, पोर्चुगल र स्लोभाकिया युरो कपमा छनोट भइसकेका छन् ।
वेल्स र क्रोएसिया बीच एक टोली युरो कपका लागि छनोट हुने टुंगो आज राती लाग्ने छ । थप तीन टोली नेसन्स लिग प्ले-अफ बाट छनोट हुने छन् ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]