1 week ago
November 21, 2023
सुशिल पन्त, चितवनचितवनमा मंगलबार सुरु भएको लेडी जेसिज कप राष्ट्रिय महिला फुटबल प्रतियोगितामा गोकर्णेश्वर नगरपालिका काठमाडौंले विजयी सुरुवात गरेको छ । नेपाल प्रहरी शिक्षालयको मैदानमा भएको उद्घाटन खेलमा गोकर्णेश्वरले अभिषेक चर्च रजहरलाई १-० ले हरायो । गोकर्णेश्वरको जितमा अन्जली मादमसीले निर्णायक गोल गरिन् । उनले १९ औं मिनेटमा गरेको गोल नै गोकर्णेश्वरलाई जिताउन पर्याप्त भयो […]
सुशिल पन्त, चितवन
चितवनमा मंगलबार सुरु भएको लेडी जेसिज कप राष्ट्रिय महिला फुटबल प्रतियोगितामा गोकर्णेश्वर नगरपालिका काठमाडौंले विजयी सुरुवात गरेको छ ।
नेपाल प्रहरी शिक्षालयको मैदानमा भएको उद्घाटन खेलमा गोकर्णेश्वरले अभिषेक चर्च रजहरलाई १-० ले हरायो ।
गोकर्णेश्वरको जितमा अन्जली मादमसीले निर्णायक गोल गरिन् । उनले १९ औं मिनेटमा गरेको गोल नै गोकर्णेश्वरलाई जिताउन पर्याप्त भयो । खेलमा गोकर्णेश्वरले रजहरविरुद्ध लगातार दबाब बनाएको थियो । अन्जली प्लेयर अफ दि म्याच बनिन् ।
प्रतियोगितामा बुधबार ३ खेल हुनेछ । पहिलो खेलमा बिहान ८ बजे चितवन जिल्ला फुटबल संघ र नवलपुर फुटबल क्लब नवलपुर भिड्नेछन् । दोस्रो खेल दिउँसो १ बजे रौतहट महिला फुटबल एकेडेमी र बागमती खेलकुद बिकास समिति मकवानपुर भिड्नेछन् ।
यस्तै तेस्रो तथा अन्तिम खेलमा दिउँसो ३ बजे अल स्टार स्पोर्टस धनगढी र सर्लाही महिला फुटबल एकेडेमी भिड्नेछन् ।
मंसिर ९ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ट्रफीसहित २ लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले एक लाख प्राप्त गर्नेछ ।
यस्तै विधागत उत्कृष्ट खेलाडी तथा उत्कृष्ट प्रशिक्षकले जनही १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । दर्शकका लागि सेमिफाइनलसम्मलाई ५० तथा फाइनलका लागि १ सय रुपैयाँको टिकट दर तोकिएको छ ।
November 28, 2023
काठमाडौं (हाम्रो खेलकुद) – अन्तिम समयमा बराबरी गर्दै काठमाडौं रेजर्सले एफसी चितवन विरुद्ध एक अंक हासिल गरेको छ । खेलको ८६औं मिनेटमा गोल खाएको काठमाडौंले थपिएको समयको दोस्रो मिनेटमा गोल गर्दै खेलमा नाटकीय बराबरी गरेको हो । ८६औं मिनेटमा नवयुग श्रेष्ठको बक्सको दायाँपट्टी बाट गरेको क्रस बक्स बायाँपट्टी विमलको खुट्टामा पुग्यो। उनले उत्सव राईको लागि […]
November 28, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिगको दोस्रो संस्करण अन्तर्गत दशरथ रंगशालामा जारी खेलमा साविक विजेता काठमाडौं रेजर्स र एफसी चितवनले गोलरहित पहिलो हाफ खेलेका छन् । खेल प्रतिस्पर्धात्मक भएपनि कुनै टोलीले स्पष्ट मौका भने सिर्जना गर्न सकेका छैनन् । खेलको सुरुवातमै चितवनका विमल घर्ती मगरको थ्रु पासमा रफिक अमिनु पुग्नु अघि काठमाडौं गोलरक्षक अभिषेक […]
November 28, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिगको दोस्रो संस्करण अन्तर्गत आजको खेलमा काठमाडौंं रेजर्स र एफसी चितवन खेल्दैछन् । खेल साँझ ५:३० बजे दशरथ रंगशालामा सुरु हुनेछ । दुवै टोली आफ्नो दोस्रो खेल खेल्दैछन् । दुवै टोलीको पहिलो खेलको कथा भने फरक थियो । चितवनलाई धेरैले यस संस्करणको उपाधि दाबेदार मानेका छन् । तर पहिलो […]