2 years ago
November 21, 2023
काठमाडौं (हाम्रो खेलकुद) – फरवार्ड राजेश परियारले नेपाली राष्ट्रिय फुटबल टोलीबाट डेब्यु गरेका छन् ।

फिफा विश्वकप २०२६ दोस्रो चरणको छनोट अन्तर्गत यमनविरुद्ध खेलमा डेब्यु गरेका हुन् । उनले ७९ औं मिनेटमा अन्जन विष्टको स्थान लिएका हुन् । उनले गत सिजन फ्रेन्ड्स क्लबबाट ए डिभिजन लिग खेलेका थिए ।
एनएसएलका लागि चितवनमा अनुबन्धित उनी पहिलो पटक राष्ट्रिय टोलीमा परेका थिए । उनी सन् २०१९ मा १३ औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जित्दा टोलीका सदस्य थिए ।
खेलमा नेपाल १-० ले पछि रहेको छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]