default_image

2 years ago

November 22, 2023

अर्जेन्टिनाले ब्राजिललाई हरायो

3784 views

0 Bookmark

एजेन्सी – फिफा विश्वकप २०२६ दक्षिण अमेरिकी अर्थात कन्मेबोल छनोट अन्तर्गतको खेलमा अर्जेन्टिनाले ब्राजिललाई हराएको छ ।

विश्व फुटबलकै सबैभन्दा ठूलो मध्यको एक मानिने “सुपर क्लासिको” मा अर्जेन्टिनाले बुधबार ब्राजिल माथि १-० को जित निकालेको हो ।

घरेलु मैदानमा विश्वकप छनोटमा पहिलो हार बेहोरेको ब्राजिल विरुद्ध अर्जेन्टिनी रक्षक निकोलास ओटामेन्डीले खेलको एकमात्र गोल गरे ।

ब्राजिल प्रहरीले अवे सेक्शनमा अर्जेन्टिनाका फ्यानमाथि दमन गर्न थालेपछि अर्जेन्टिनाको टोलीले मैदान छाड्दा खेल रोकिएकोले निर्धारित समय भन्दा करिब आधा घण्टापछि खेल सुरु भएको थियो ।

तनाबग्रस्त अवस्थामा सुरु भएको खेलको पहिलो हाफमा धेरै फाउल भएका थिए । खेलको पहिलो हाफमा दुबै टोलीले स्पष्ट मौका नै सृजना गर्न सकेनन् ।

दोस्रो हाफमा पनि उस्तै नै रह्यो । ६३औं मिनेटमा भने अर्जेन्टिना गोल गर्न सफल भयो । जियोभानी लो सेल्सोको कर्नरमा हेडर गोल गर्दै ओटामेन्डीले खेलको एकमात्र गोल गरे ।

८१औं मिनेटमा ब्राजिल १० जनामा सिमित भएको थियो । जोलिंगटनले रोड्रीगो डे पलमाथिको फाउलका लागि सोझै रातो कार्ड पाएपछि ब्राजिलले खेलको अन्तिम १० मिनेट १० जनाले खेल्नु परेको थियो ।

यस्तै कन्मेबोल छनोट अन्तर्गत भएका अन्य खेलमा उरुग्वे, कोलम्बिया र इक्वेडोर पनि विजयी भएका छन् । उरुग्वेले बोलिभिया माथि ३-० को जित निकालेको हो ।

यस्तै कोलम्बियाले पेरुमाथि र इक्वेडोरले चिली माथि समान १-० को जित निकाले । पेरू र भेनेजुएलाले भने १-१ को बराबरी खेले ।

छनोट अन्तरगत छ चरणका खेलहरु सकिँदा अर्जेन्टिना १५ अंक सहित शीर्ष स्थानमा छ । यस्तै उरुग्वे १३ अंक सहित दोस्रो छ । कोलम्बिया १२ अंक सहित तेस्रो, भेनेजुएला ९ अंक सहित चौथो र इक्वेडोर ८ अंक सहित पाँचौं स्थानमा छ । ब्राजिल भने ७ अंकका साथ छैठौं स्थानमा छ ।

पाराग्वे, चिली, बोलिभिया र पेरुको क्रमशः ५, ५, ३ र २ अंक छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.