2 years ago
November 22, 2023
सुशिल पन्त क्षेत्री, चितवन
चितवनमा जारी लेडी जेसिज कप राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । बुधबार तीन खेल सम्पन्न भएसँगै सेमिफाइनल पुग्ने सबै टोलीको टुङ्गो लागेको हो ।

प्रतियोगिता अन्तर्गत नेपाल प्रहरी शिक्षालय (भरतपुर तालिमकेन्द्रमा) भएको पहिलो खेलमा गैंडाकोट एफसीले चितवन ११ लाई ४-१ ले हराउँदै सेमिफाइनलमा स्थान बनायो । गैंडाकोटलाई सहज जित दिलाउन मनमाया परियारले २ गोल गरिन् । उनले खेलको नवौं तथा ६४ औं मिनेटमा गोल गरिन् ।
सुक्रिया मियाँले २२ तथा कप्तान प्रनिश्या वाग्लेले २८ औं मिनेटमा गोल गरिन् । चितवनका लागि प्रतिक्षा ठकुरीले एक मात्र गोल फर्काईन् । गैंडाकोटकी मनमाया प्लेयर अफ दि म्याच भईन् । उनले ५ हजार रुपैयाँ प्राप्त गरिन् ।
दोस्रो खेलमा रौतहट महिला फुटबल एकेडेमी विजयी भयो । रौतहटले बागमती खेलकुद बिकास समिति मकवानपुरलाई १-० ले हरायो । रौतहटको जितमा कप्तान रश्मीकुमारी घिसिङले २९ औं मिनेटमा एक मात्र निर्णायक गोल गरिन् । रश्मीले प्लेयर अफ दि म्याच बन्दै ५ हजार रुपैयाँ प्राप्त गरिन् ।
तेस्रो खेलमा राष्ट्रिय खेलाडीको बाहुल्यता रहेको सर्लाही महिला फुटबल एकेडेमी अल स्टार्स स्पोर्टस एकेडेमी धनगढीसँग पराजित भयो । धनगढीले सर्लाहीविरुद्ध ३-० को सहज जित निकायो । उसको जितमा चन्द्रा भण्डारीले २ तथा ममता पुन मगरले १ गोल गरिन् ।
चन्द्राले ३५ र ६३ औं तथा ममताले ११ औं मिनेटमा गोल गरिन् । ममता प्लेयर अफ दि म्याच घोषित भईन् । उनले ५ हजार रुपैयाँ प्राप्त गरिन् । पूजा राना मगर, प्रिती राई, दीपा शाहीजस्ता ठूला नामका खेलाडी उतारे पनि सर्लाही पराजित भयो ।
प्रतियोगितामा बिहीबार सेमिफाइनलका दुबै खेल हुनेछन् । पहिलो खेल दिउँसो १ बजे गोकर्णेश्वर गाउँपालिका काठमाडौं र रौतहट तथा दोस्रो खेलमा दिउँसो ३ बजे गैंडाकोट र धनगढी भिड्नेछन् ।
मंसिर ९ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ट्रफीसहित २ लाख र दोस्रो हुने टोलीले १ लाख रुपैयाँ प्राप्त गर्नेछ । यस्तै विधागत उत्कृष्ट खेलाडी तथा उत्कृष्ट प्रशिक्षकले जनही १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]