1 year ago
November 24, 2023
हिमाल खरेल, भद्रपुर
झापाको भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगितामा शुक्रबारको खेलमा भद्रपुर ब्लेजर्स विजयी भएको छ ।
दिनको दोस्रो खेलमा कचनकवल गाउँपालिका र बाह्रदशी गाउँपालिकाले बराबरी खेल्दै अंक बाँडेका छन् ।
भद्रपुर झापा गोल्डकपको आयोजनामा मेची रंगशालामा भएको पहिलो खेलमा भद्रपुर ब्लेजर्सले कनकाई नगरपालिकालाई २–१ ले हरायो । भद्रपुर ब्लेजर्सले जारी प्रतियोगितामा ३ अंक जोडेको छ ।
खेलको १९ औँ मिनेटमा भद्रपुर ब्लेजर्सका सनम गुरुङले गोल गरे । त्यस्तै, खेलको ८१ औँ मिनेटमा मौसम सुब्बा लिम्बूले अर्को गोल गरे । कनकाईका सलिन कार्कीले ८३ औं सान्त्वना गोल फर्काए ।
खेलको प्लेयर अफ दि म्याच भद्रपुर ब्लेजर्सका सनम गुरुङ भए । उनलाई गोल्डकपका अध्यक्ष दिपेश ढकाल, प्रमुख सल्लाहकार टिकाराज ढकाल, झापा उद्योग वाणिज्य संघका अध्यक्ष प्रज्ज्वल राईले २ हजार रुपैयाँ र ट्रफी प्रदान गरे ।
यसैबीच, आज भएको दोस्रो खेल कचनकवल र बाह्रदशीबीच गोलरहित बराबरीमा टुंगियो । खेलको प्लेयर अफ दि म्याच बाह्रदशीका विजय टुडू भए । उनलाई गोल्डकपका अध्यक्ष दिपेश ढकाल, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी र सौजन्यकर्ता मालपोत अधिकृत राजु दाहालले २ हजार रुपैयाँ र ट्रफी प्रदान गरे ।
झापाबाट युवा खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना भएको प्रतियोगितमा झापाका १४ वटा पालिका र आयोजकको भद्रपुर ब्लेजर्स टिम गरी प्रतियोगितामा १५ वटा टिमले प्रतिस्पर्धा गर्दै छन् ।
१८ दिनसम्म सञ्चालन हुने प्रतियोगिताको फाइनल खेल मंसिर २४ गते हुने महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिए ।
खेल तालिकाअनुसार समूह ‘क’ मा हल्दिबारी, बिर्तामोड र बुद्धशान्ति रहेका छन् । समूह ‘ख’ मा कनकाई, भद्रपुर ब्लेजर्स, झापा र गौरादह, समूह ‘ग’ मा कचनकवल, बाह्रदशी, मेचीनगर र भद्रपुर तथा समूह ‘घ’ मा कमल, दमक, शिवसताक्षी र अर्जुनधारा रहेका छन् ।
प्रत्येक समूहका विजेता र उपविजेता आठवटा टिम नकआउट चरणमा प्रवेश गर्ने छन् । क्वार्टर फाइनलका खेल मंसिर १९ र २० गते हुनेछन् । सेमिफाइनलका खेल मंसिर २२ गते हुने छन् ।
प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ , ट्रफी र २ लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रत्येक खेलको प्लेयर अफ द म्याचले २ हजार रुपैयाँ पाउने छन् । त्यस्तै, उत्कृष्ट गोल किपर, उत्कृष्ट प्रशिक्षक, उच्च गोलकर्ता र उदीयमान खेलाडीले ५ हजार रुपैयाँ, ट्रफी र मेडल प्राप्त गर्ने छन् ।
April 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पोखरा थन्डर्स तेस्रो नेपाल सुपर लिग (एनएसएल) को दोस्रो क्वालिफायरमा पुग्न सफल भएको छ। एफसी चितवनलाई निरिह तुल्याउँदै ३-० को हार चखाउन पोखरा सफल रहयो। पोखराले चितवनसँग लिग चरणमा भोगेको हारको बदला समेत लिएको छ। पोखराको जितमा जो आइडोले दुई गोल गरे। पहिलो हाफ गोल रहित बराबरीमा सकियो। दोस्रो हाफमा १३ मिनेटभित्र […]
April 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा उत्कृष्ट कमब्याक गर्दै ब्वाइज युनियन क्लबले सरस्वती युथ क्लबलाई २-१ गोल अन्तरले हराएको छ। ब्वाइज युनियनको यो दोस्रो जित हो। एन्फा कम्प्लेक्समा आज दिनको दोस्रो खेलमा सरस्वतीले २६ औं मिनेटमा अग्रता बनायो। विशेष लामाले गोल गरे। सरस्वती १-० ले अगाडि बढ्यो। खेलको ३५ औं मिनेटमा ब्वाइज युनियनका […]
April 20, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत इलिमिनेटरमा पोखरा थन्डर्स र एफसी चितवनबीचको खेल जारी छ। पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएको छ । दशरथ रङ्गशालामा जारी खेलमा पहिलो पटक प्ले अफ खेलिरहेको चितवनका टोरिक जेब्रिन चोट मुक्त भएर फर्किए । उनले कप्तानको जिम्मेवारी निभाए । लिग चरणको खेलमा चितवनले पोखरालाई […]