2 years ago
November 25, 2023
सुशिल पन्त क्षेत्री, चितवन
अल स्टार स्पोर्ट्स एकेडेमी धनगढीले लेडी जेसिज कप राष्ट्रिय महिला फुटबलको उपाधि जितेको छ ।

आज (शनिबार) सम्पन्न फाइनल खेलमा रौतहट महिला फुटबल एकेडमीलाई १-० ले हराउँदै धनगढी च्याम्पियन बनेको हो ।
नेपाल प्रहरी शिक्षालय (भरतपुर तालिमकेन्द्र) मा भएको खेलमा धनगढीलाई विजयी गराउन बिर्सना चौधरीले निर्णायक गोल गरिन् । उनले पहिलो हाफमा गरेको गोल नै धनगढीलाई जिताउन पर्याप्त भयो । बिर्सना नै प्लेयर अफ दि म्याच बनिन् । उनले ५ हजार रुपैयाँ प्राप्त गरिन् ।
च्याम्पियन बनेको धनगढीले ट्रफीसहित २ लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता रौतहटले १ लाख रुपैयाँ प्राप्त गरेको छ । च्याम्पियन टिमकी कप्तान निरु थापा प्लेयर अफ दि टुर्नामेन्ट बनिन् । उनले ट्रफीसहित २० हजार रुपैयाँ प्राप्त गरिन् ।
धनगढीकी उषा नाथ प्रतियोगिताभरको उत्कृष्ट गोल किप्पर, रौतहटकी समिक्षा घिमिरे उत्कृष्ट डिफेन्डर, रौतहटकै इशा राना मगर उत्कृष्ट मिड फिल्डर र धनगढीकी ममता पुन मगर उत्कृष्ट फर्वाड घोषित भए । यस्तै धनगढीका सुरज तामाङ उत्कृष्ट प्रशिक्षक बने । उनीहरूले जनही १० हजार रुपैयाँ प्राप्त गरे ।
नारायणगढ लेडी जेसिजको आयोजना तथा चितवन जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा सम्पन्न प्रतियोगितामा ८ टोली सहभागी थिए ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]