2 years ago
November 25, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग अन्तर्गत आज दिनको दोस्रो खेलमा ललितपुर सिटी एफसीले बुटवल लुम्बिनी एफसी विरुद्ध २-० को जित हासिल गरेको छ । ललितपुरका लागि दिनेश हेन्जन र अनन्त तामाङले एक एक गोल गरेका हुन् ।

खेलको नवौं मिनेटमा ललितपुरका पापा केबेले सञ्जित राईको क्रसमा हेडर प्रहार गर्न सकेनन् । ११औं मिनेटमा इमोह इजिकिएलको पासमा सनिश श्रेष्ठले प्रहार गर्नु अघि बुटवलका गोलरक्षक मोहमडूले समाते ।
१९औं मिनेटमा इजिकिएलको क्रसमा दिनेशले प्रहार गर्न पुग्न सकेनन् ।
२६औं मिनेटमा भने ललितपुरले खेलमा अग्रता लियो । अनन्त तामाङको लामो पासमा पापा केबेले नियन्त्रणमा लिएर प्रहार गर्न खोज्दा बुटवल डिफेन्डर अर्नेस्ट टाम्पीले क्लियर गरेको बल दिनेशको खुट्टामा पुगेको थियो र दिनेशले सहजै बललाई खाली पोस्टको दिशा देखाएका थिए ।
३१औं मिनेटमा बुटवलका प्रकाश बुढाथोकीको लामो दूरीको प्रहारले गति लिन सकेन । अर्को मिनेटमा भने ललितपुरले अग्रता दोब्बर गर्यो । अनिल महर्जनको कर्नरमा ललितपुरका कप्तान तथा मार्की खेलाडी अनन्त तामाङले खाली रहेको अवस्थामा हेडर मार्फत गोल गर्दै दुई गोलको अग्रता बनाए ।
त्यसपछि पनि ललितपुरको मौका सृजना गर्न भने छोडेन । पापा केबेले इजिकिएलको क्रसमा गरेको प्रहार बुटवल गोलरक्षक मोहमडूले बचाए । रिबाउन्डमा भने उनले बललाई पोस्टको थोरै बाहिर प्रहार गरे ।
४२औं मिनेटमा बुटवलका स्टेफन विनोङको हेडर ललितपुर गोलरक्षक जेफ्री बाल्टुसले उत्कृष्ट बचाउ गरे । ४३औं मिनेटमा ललितपुरको अग्रता बढाउने सुनौलो अवसर गुमायो । काउन्टर अट्याकमा इजिकिएलको प्रहार बुटवल मोहमडूले राम्रो बचाउ गरे ।
५४औं मिनेटमा सर्ज सङ्गको लामो दुरीको प्रहार ललितपुर गोलरक्षक बाल्टसले बचाए । ५५औं मिनेटमा बिनोङको चिपले पनि बक्सको दिशा लिन सकेन । ७२औं मिनेटमा आन्द्रे बियिकको हेडर पनि पोस्टको केही बाहिर रह्यो । ८१औं मिनेटमा चन्दन दासको क्रसमा बिनोङको फ्री हेडर पोस्टको माथिबाट बाहिरियो ।
आज भएको पहिलो खेलमा पोखरा थन्डर्सले एफसी चितवन माथि १-० को जित निकाल्दै तीन अंक जोडेको थियो ।
भोलि हुने एकमात्र खेलमा साँझ ५:३० बजे नवप्रवेशी टोली विरगन्ज युनाइटेड एफसी र गत संस्करणका उपविजेता धनगढी एफसी खेल्ने छन् ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]