default_image

2 years ago

November 26, 2023

धनगढी र विरगन्ज भिड्दै

1078 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिगको दोस्रो संस्करणको तेस्रो दिन आज गत सिजनको उपविजेता धनगढी एफसी र नवप्रवेशी टोली मध्यको एक विरगन्ज युनाइटेड एफसी भिड्दै छन् । खेल साँझ ५:३० बजे दशरथ रंगशालामा सुरु हुनेछ ।

धनगढीको मार्की खेलाडीमा नेपाली राष्ट्रिय टोलीका आशिष चौधरी रहेका छन् । यस्तै युगल किशोर राईले धनगढीको प्रशिक्षण गर्ने छन् ।

एनएसएल सुरु हुनु अघि धनगढीले एफसी चितवन विरुद्ध एक र बुटवल लुम्बिनी एफसी विरुद्ध दुई गरी कुल तीन मैत्रीपूर्ण खेल खेलेको थियो । धनगढी सबै खेलमा पराजित समेत भएको थियो ।

विरगंजको मार्की भने नेपाल राष्ट्रिय टोलीका गोलरक्षक दीप कार्की रहेका छन् भने मुख्य प्रशिक्षकमा सनोज श्रेष्ठ रहका छन् ।

अहिलेसम्म भएका तीन खेलमा काठमाडौं रेजर्स, पोखरा थन्डर्स र ललितपुर सिटी एफसीले जित हासिल गरिसकेका छन् ।

धनगढीको टोली:

मार्की : आशिष चौधरी

प्रशिक्षक : युगलकिशोर राई, सहायक प्रशिक्षक : राजु तामाङ, गोलरक्षक प्रशिक्षक : मिन बस्नेत

विदेशी खेलाडी : फालो डियाग्ने (सेनेगल), रिचार्ड इसे आगेमांग (घाना), मोहमद ताहा र अहमद हिजाजी (लेबनान), आफिज ओलावाले (नाइजेरिया), फोडे फोफाना (गिनी)

अक्सनमा अनुबन्धित खेलाडी : साइमन लिम्बु, निशान लिम्बु, मिलन राई, सुरेश कुमाल, रन्दीप पौडेल, मनोज राई, कमल श्रेष्ठ, टिकेन्द्र सिंह थापा, देवेन्द्र तामाङ, हेमन्त श्रेष्ठ, अभिषेक गुरुङ, कृतिश रत्न छुन्जु, रामचन्द्र वाजी

अन्य खेलाडी : ओम प्रकाश चौधरी, रोहन कार्की, सन्दीप खडायत

फिजियो : आविष्कार पुडासैनी, व्यवस्थापक : दीपेश तिमल्सिना

विरगन्जको टोली:

मार्की : दीप कार्की

प्रशिक्षक : सनोज श्रेष्ठ, प्राविधिक निर्देशक : उपेन्द्र मान सिंह, सहायक प्रशिक्षक : राजकिशोर धामी, गोलरक्षक प्रशिक्षक : श्री प्रकाश वैद्य, मेन्टर : राजेन महर्जन

आइकोनिक खेलाडी : तेज तामाङ

विदेशी खेलाडी : विलियम ओपोकु, एकिंस की बाफोर, हान्स क्वोफी, ओबेद ओवुसु (घाना), गुस्ताभो शमाला जाद्जे (कंगो)

अक्सनमा अनुबन्धित खेलाडी : सुरज गुरुङ, भिषण गुरुङ, शत्रुघन कुमार चौधरी, सुनिल खड्का, हरिशराज भट्ट, सुशील लामा, सुवास गुरुङ, सिमान्त थापा, जय गुरुङ, दिवाकर चौधरी, सुदीप गुरुङ, युवराज खड्का, दिपेन्क राज सिंह

अन्य खेलाडी : कोइप कान्त थारु

फिजियो : कौशल दाश, अवासना राजभण्डारी, व्यवस्थापक: मुना खान चौधरी

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.