2 years ago
November 26, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिगको दोस्रो संस्करण अन्तर्गत दशरथ रंगशालामा जारी खेलमा धनगढी एफसी र विरगन्ज युनाइटेड एफसीले हाफ टाइम सम्म १-१ को बराबरी खेलेका छन् ।

धनगढीका लागि फोडे फोफानाले गोल गरेका हुन् भने विरगन्जका लागि हान्स क्वोफीले गोल गरे । खेलको दोस्रो मिनेटमा नै धनगढीले फोडे फोफानाको गोल मार्फत खेलमा अग्रता लिएको थियो । आशिष चौधरीको पासमा ओलावाले अफिजले दिएको क्रसमा गोल गर्दै फोफानाले खेलमा धनगढीले खेलमा अग्रता लियो ।
खेलको नवौं मिनेटमा विरगन्जका विलियम असिएडूको प्रहार ब्लक भयो । १२औं मिनेटमा भिषण गुरुङको प्रहार पोस्टको माथिबाट बाहिरियो ।
१३औं मिनेटमा आशिष चौधरीको बायाँ फ्लान्कबाट भएको प्रहारले पोस्टको दिशा लिन सकेन । १६औं मिनेटमा आशिषकै क्रस दीप कार्कीले फर्काए तर त्यहाँ रिबाउन्डमा प्रहार गर्न कोही पुग्नु अघि दीपले नै क्लियर गरे ।
३१औं मिनेटमा रिचार्ड अग्यमांगको लामो पासमा दीप बक्सको छेउमा आएका थिए तर उनी भाडा अगाडि ओलावालेले प्रहार गर्न भ्याएपनी उनको प्रहार दीपको खुट्टामा लागेर फर्कियो ।
पहिलो हाफको अन्त्य तिर विरगन्जले पेनाल्टी मार्फत बराबरी गर्ने अवसर पायो । कर्नरमा फलु डियाग्नेले ह्याण्डबल गरेपछि विरगन्जले पेनाल्टी पाएको थियो। पेनाल्टीमा हान्स क्वोफीले कुनै गल्ती गरेनन् र बराबरी गरे ।
धनगढीको प्रशिक्षण युगल किशोर राईले गर्दै छन् भने विरगन्जको टचलाइनमा सनोज श्रेष्ठ रहेका छन् ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]