2 years ago
November 26, 2023
काठमाडौं (हाम्रो खेलकुद) – बेन्चबाट छिरेका अहमद हिजाजीले अन्तिम समयमा गरेको गोलको मद्दतले धनगढी एफसीले नेपाल सुपर लिगको दोस्रो संस्करणमा विजयी सुरुवात गरेको छ ।

खेल १-१ को अवस्थामा हिजाजीले ९०औं मिनेटमा गोल गरेपछि धनगढीले जित हासिल गरेको हो । धनगढीका लागि सुरुवाती गोल फोडे फोफानाले गरेका थिए भने विरगन्जका लागि हान्स क्वोफीले एक गोल गरे ।
खेलको दोस्रो मिनेटमा नै धनगढीले फोडे फोफानाको गोल मार्फत खेलमा अग्रता लियो । आशिष चौधरीको पासमा ओलावाले अफिजले दिएको क्रसमा गोल गर्दै फोफानाले खेलमा धनगढीले खेलमा अग्रता लियो ।
खेलको नवौं मिनेटमा विरगन्जका विलियम असिएडूको प्रहार ब्लक भयो। १२औं मिनेटमा भिषण गुरुङको प्रहार पोस्टको माथिबाट बाहिरियो ।
१३औं मिनेटमा आशिष चौधरीको बायाँ फ्लान्कबाट भएको प्रहारले पोस्टको दिशा लिन सकेन। १६औं मिनेटमा आशिषकै क्रस दीप कार्कीले फर्काए तर त्यहाँ रिबाउन्डमा प्रहार गर्न कोही पुग्नु अघि दीपले नै क्लियर गरे।
३१औं मिनेटमा रिचार्ड अग्यमांगको लामो पासमा दीप बक्सको छेउमा आएका थिए तर उनी भाडा अगाडि ओलावालेले प्रहार गर्न भ्याएपनी उनको प्रहार दीपको खुट्टामा लागेर फर्कियो।
पहिलो हाफको अन्त्य तिर विरगन्जले पेनाल्टी मार्फत बराबरी गर्ने अवसर पायो। कर्नरमा फलु डियाग्नेले ह्याण्डबल गरेपछि विरगन्जले पेनाल्टी पाएको थियो। पेनाल्टीमा हान्स क्वोफीले कुनै गल्ती गरेनन् र बराबरी गरे।
५४औं मिनेटमा ओलावालेले वान अन वान मौका पाएका थिए तर उनले सट लिनु अघि दिवाकर चौधरीले क्लियर गरे। ५८औं मिनेटमा आशिष चौधरीको वान अन वान मौका सीमान्त थापाले विफल पारे।
६५औं मिनेटमा ओवेड ओसुवुको लामो दुरीको प्रहारले पोस्टको दिशा लिन सकेन। ८५औं मिनेटमा विरगन्जकै समाला गुस्टाभोको प्रहार धनगढी गोलरक्षक मोहम्मद ताहाले फुस्काए तर कुनै खतरा भने रहेन।
८७औं मिनेटमा आशिष चौधरीको प्रहारले पनि दिपलाई कुनै समस्या दिन सकेन।
८९औं मिनेटमा भने धनगढीले गोल गर्दै जित हासिल गर्यो। कृतिश रत्न छुन्जुको पासमा अहमद हिजाजीले गोल गर्दै अन्तिम समयमा विरगन्जको हात बाट एक अंक खोस्दै आफ्नो टोलीका लागि तीन अंक सुनिश्चित गरे।
भोलि हुने खेलमा झापा एफसीले स्पोर्टिङ्ग मेची डे इलामको सामना गर्ने छ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]