2 years ago
November 27, 2023
एजेन्सी – ब्राजिलियन फरवार्ड रोड्रीगोको दुई गोलको मद्दतले रियल म्याड्रिडले स्पेनिश ला लिगामा गएराति ३-० जित निकालेको छ ।

काडिज विरुद्ध जित निकाल्ने क्रममा रियलका लागि रोड्रीगोले दुई गोल गरे भने अर्को गोल जुड बेलिङ्घमले गरे।
खेलको १४औं मिनेटमा रियलले रोड्रीगोको पहिलो गोलको मद्दतले अग्रता लियो। रोड्रीगोले बायाँ फ्लान्क बाट बल दौडाउँदै बक्सको छेउ बाट प्रहार गर्दै गोल गरेका थिए।
गोल खाएपछि घरेलु टोली काडिजले मौकाहरु सृजना गरेपनि गोल भने गर्न सकेन। ६४औं मिनेटमा रोड्रीगोले नै अग्रता दोब्बर बनाए। उनले लुका मोड्रीचको पास लिँदै तीन डिफेन्डरलाई छक्याउँदै एकल गोल गरेका थिए।
७४औं मिनेटमा बेलिङ्घमले खेलको तेस्रो गोल गर्दै जित सुनिश्चित गरे। उनले रोड्रीगो कै पासमा गोल गर्दै लिगमा यस सिजन आफ्नो ११औं गोल गर्न सफल भए।
जित पछि रियल १४ खेलमा ३५ अंक बटुल्दै शीर्ष स्थानमा उक्लिएको छ। दोस्रो स्थानमा रहेको जिरोनाको एक खेल कम खेल्दा ३४ अंक छ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]