9 years ago
January 22, 2017

१५ औं आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता
दोस्रो क्वार्टरफाइनल
पोखरा रंगशाला,९ माघ २०७१
मनाङ ४-१ धरान
मनाङ – अनिल गुरुङ (कप्तान), सुजल श्रेष्ठ, विराज महर्जन, विक्रम लामा, रोहित चन्द, बिमल राना, कमल श्रेष्ठ, दिनेश थापा मगर (गोलकिपर), डोना थापा, एडामा बो सिसोको, आफिज ओलावाले
धरान – पूर्ण चेम्जोङ (गोलकिपर), विष्णु सुनुवार (कप्तान), हेम गुरुङ, हेमु लिम्बु, विजय धिमाल, दोर्जी तामाङ गिल्सन काङदङ्वा, सौजन राई, रोशन मल, दीपक राई , निशान लिम्बु
अपडेटका लागि रिफ्रेस गर्नुहोला ।
७२’– गोल…………………… धरानका लागि दीपक राईले पेनाल्टी बक्स बाहिरबाट गोल गरेका थिए । मनाङ ४–१ धरान
६४’– मनाङको खेलाडी परिवर्तन, रोहितको ठाँउमा आज जन्म दिन परेका विशाल राई मैदान प्रवेश गरेका छन् ।
६३–’ गोल ………………… सुजल श्रेष्ठको गोल । अनिलको क्रसमा गोलकिपर विट भइसकेपछि सुजलले खाली पोस्टमा गोल गरेका थिए । अनिल र सुजलको व्यक्तिगत समान २ गोल । धरानविरुद्ध मनाङ ४–० ले अगाडी
५९–’ गोल……………………..अनिलको दोस्रो गोल । चोट मुक्त भएर फर्केका रोहित चन्दको क्रसमा अनिलले हेडमार्फत गोल गरेका हुन् । मनाङ ३–० ले अगाडी
५९–’ गोल……………………..अनिलको दोस्रो गोल
५७–’ मनाङको खेलाडी परिवर्तन, डोना थापाको ठाँउमा बिमल बस्नेत मैदान प्रवेश गरेका छन्
४६–’ दोस्रो हाफ सुरु भएको छ
खेलको मध्यान्तर भएको छ । मनाङले २-० को अग्रता लिएको छ
४५’- ३ मिनेट इन्जुरी समय थप गरिएको छ
४१’- अफिज ओलावालेको पासमा अनिलले पेनाल्टी बक्सबाट पहिलो बारमा गोल गरेका हुन्
४१’– गोल…………………..कप्तान अनिल गुरुङको गोल
३३’– औं मिनेटमा कप्तान अनिल गुरुङको क्रसमा सुजल श्रेष्ठले हेड गोल गरेका थिए
३३’– गोल…………………..मनाङका सुजल श्रेष्ठले गोल गरेका छन्
३०’– साविक विजेता समेत रहेको मनाङले चार पटक आहा रारा गोल्डकपको उपाधि जितिसकेको छ
३०’– साविक विजेता समेत रहेको मनाङले चार पटक आहा रारा गोल्डकपको उपाधि जितिसकेको छ
२५’–धरानले पहिलो खेलमा सशस्त्रको एपीएफलाई १–० गोलले पराजित गर्दै क्वार्टरफाईनल यात्रा तय गरेको थियो
२०’– मनाङका लागि पेनाल्टी बक्स बाहिरबाट विक्रम लामाको कडा प्रहार क्रसबारमा लागेर फर्कियो
१०’– अहिले सम्म दुवै टोलीबाट खतरनाक आक्रमण भएको छैन
८’–आहा रारा गोल्डकपमा तेह्रो सहभागितामा धरानको यो दोस्रो क्वार्टरफाइनल हो । यसअघि धरानले १२ औं संस्करणमा क्वार्टरफाइनल खेलेको थियो
१’– खेल सुरु भएको छ
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]