2 years ago
November 27, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिगको दोस्रो संस्करण अन्तर्गत सोमबार हुने खेलमा दुई नवप्रवेशी टोली झापा फुटबल क्लब र स्पोर्टिङ्ग इलाम डे मेची भिड्दैछन् । खेल साँझ ५:३० बजे दशरथ रंगशालामा सुरु हुनेछ ।

इलाम प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौं रेजर्स विरुद्धको हार उल्ट्याउँदै सुखद नतिजा ल्याउने दाउमा हुनेछ । झापा एफसीको भने विजयी सुरुवातको लक्ष्य लिएर उत्रनेछ ।
नेपाली राष्ट्रिय टोलीका स्टार फरवार्ड अन्जन विष्टलाई मार्की खेलाडीको रूपमा अनुबन्ध गरेको झापाले अर्का राष्ट्रिय टोलीका सदस्य आवास लामिछानेलाई आईकोनिक खेलाडीको रूपमा भित्र्याएको छ । झापाको मुख्य प्रशिक्षकमा स्पेनिश प्रशिक्षक ओरियोल मोहेडानो सेगुरा रहेका छन् ।
इलामको मार्की खेलाडीमा गोलरक्षक विकेश कुथु रहेका छन् । मेघराज केसीको प्रशिक्षणमा रहेको इलामले विदेशी खेलाडीमा सेनेगलका युवा प्रतिभालाई स्थान दिएको छ । पहिलो खेलमा उनीहरुको प्रदर्शन औसत थियो ।
एनएसएल दोस्रो संस्करणमा काठमाडौं, पोखरा, ललितपुर र धनगढीले विजयी सुरुवात गरिसकेका छन्।
झापाको टोली:
मार्की : अन्जन विष्ट
प्रशिक्षक : ओरिओल मोहेदानो सेगुरा, सहायक प्रशिक्षक : चेतन घिमिरे, गोलरक्षक प्रशिक्षक : शैलेश कर्माचार्य, पर्फर्मेन्स प्रशिक्षक : विवेक विक्रान्त अधिकारी
आइकोनिक खेलाडी : आवास लामिछाने
विदेशी खेलाडी : कोजार टोरेज फर्नान्डो, जोर्गे पेलाएज सान्चेज (स्पेन), दिराज थजाली (अमेरिका), समन्दर उचिलोभ (उज्वेकिस्तान), सृबिज स्टेफान कुपिक (सर्बिया)
अक्सनमा अनुबन्धित खेलाडी : अनिश देउला, प्रदिप लामा, भरत चौधरी, प्रशान्त लक्सम लिम्बु, योगेश गुरुङ, अशोक खवास, सुदीप श्रेष्ठ, लक्ष्मण रुचाल, लाकेन लिम्बु, समिराज थोकर, सुरज विष्ट, छिरिङ लामा, सुमित श्रेष्ठ
थप खेलाडी : विशाल बस्नेत, पेमा तामाङ, तारानाथ राजवंशी
फिजियो : शिला गिरि
इलामको टोली:
मार्की : विकेश कुथु
प्रशिक्षक : मेघराज केसी, गोलरक्षक प्रशिक्षक : उज्ज्वल मानन्धर
विदेशी खेलाडी : अमाथ एनडाव, अब्दुलाए बा, इब्राहिम जिते (सेनेगल), फोडे कामारा (गिनी), ओमार थिएम, सुरज सिंह (भारत)
अक्सनमा अनुबन्धित खेलाडी : समित श्रेष्ठ, सन्तोष खत्री, आशिष राई, सन्तोष महत, सुरोज बस्नेत, आशिष चापागाई, विमल पाण्डे, सौरभ लिम्बु, भरत खवास, दिपेश घले, विराज महर्जन, जितेन्द्र कार्की, आशिष गुरुङ, नविन लामा
व्यवस्थापक : उत्सव शाक्य, फिजियो : आरग्य खड्का
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]