default_image

9 years ago

January 22, 2017

मनाङले धरानसँग खेल्दै आहा गोल्डकप उपाधि रक्षाको यात्रा थाल्ने

118 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)– लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीले आहा रारा गोल्डकपको उपाधि रक्षाको यात्रा आज सुरु गर्दैछ । पहिलो चरणमा बाई पाएको मनाङले सोमबार पोखरा रंगशालामा हुने दोस्रो क्वार्टरफाइनलमा धरान फुटबल क्लबको सामना गर्दैछ ।

Manang Marsyangdi

धरान पहिलो चरणमा सातौं राष्ट्रिय खेलकुदको स्वर्ण पदक विजेता एपिएफलाई २–१ ले हराउँदै अघि बढेको टोली हो । आहा राराको सफल टोलीमध्येको एक मनाङ २०५८ को क्याराभान गोल्डकप समेत जोड्दा सबैभन्दा बढी फाइनल खेल्ने टोली हो । टोलीले अहिले सम्म क्याराभानसहित ९ पटक आहा गोल्डकपमा फाइनल खेल्दा ४ पटक उपाधि जितिसकेको छ ।

यसपटक उपाधि रक्षा गर्नेमा प्रशिक्षक छिरिङ लोप्साङ आशावादी छन् । ‘पोखरा हाम्रो लागि सुखद ठाँउ हो । १६ पटकमा ९ पटक फाइनल खेल्नु आफैमा एउटा सफलता हो’ उनले भने ‘यसपटक पनि हामी उपाधि रक्षा गर्ने लक्ष्यका साथ आएका छौं ।’

गत सातामात्र मनाङले सुदूरपश्चिमाञ्चल खप्तड गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको थियो । यो बर्षको मनाङको त्यो पहिलो उपाधि थियो । अर्को ए डिभिजन टोली सिएमजी संकटालाई हराउँदै मनाङ विजयी भएको थियो । त्यसअघिको साता मनाङले टुबोर्ग हेटौडा गोल्डकपमा त्रिभुवन आर्मीसँग फाइनल खेलेको थियो । जहाँ टोली २–० ले पराजित भएको थियो । ती दुई प्रतियोगितामा भन्दा पनि टोली अझै बलियो भएको प्रशिक्षक लोप्साङको दाबी छ । ‘खप्तड पछि हामीसँग राष्ट्रिय टोलीका मिडफिल्ड विक्रम लामा र चोटमुक्त भएर रक्षक रोहित चन्द फर्केका छन् ’ उनले भने, ‘त्यसले हामीलाई थप उत्साहित बनाएको छ ।

सुदूरपश्चिमाञ्चलबाट फर्केर काठमाडौंमा पनि ४-५ दिन अभ्यास गर्यो । त्यसले कमजोरी सुधार्ने र अझै बढी सेट हुने मौका मिलेको छ ।’ आफ्नो टोली जति बलियो भएपछि पहिलो खेल सधै कठिन रहेको स्मरण गर्दै लोप्साङले भने, ‘हरेक प्रतियोगितामा पहिलो खेल गाह्रो हुने गरेको छ । तर, हामी उच्च मनोबलका साथ आएका छौं । केही सहज होला भन्ने आशा छ । तर हामीले धरानलाई कमजोर आकेका छैनौं । एपिएफलाई हराएर आएको टोली बलियो छ ।’ व्यक्तिगत रुपमा आहा रारा गोल्डकप लोप्साङका लागि पनि अर्थपूर्ण छ । गत बर्षसहित उनले प्रशिक्षकका रुपमा दुई पटक आहा रारा गोल्डकपको उपाधि जितिसकेका छन् । लोप्साङले थपे,‘मेरो लागि पनि यो ह्याट्रिक गर्ने मौका हो । त्यसका लागि आजको सुरुआत राम्रो हुन जरुरी छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.