2 years ago
November 27, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिगको दोस्रो सिजन अन्तर्गत सोमबार भइरहेको पाँचौ खेलमा झापा फुटबल क्लब र स्पोर्टिङ इलाम डे मेची एफसी बीच खेल चलिरहेको छ । पहिलो हाफको खेल गोलरहित बराबरीमा टुंगिएको छ ।

दशरथ रंगशालामा जारी निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलको अवसर पाएका छन् । इलामले आक्रमण बुनेपनि विपक्षी गोलरक्षकलाई परिक्षण गर्न सकेको छैन । झापाले केही सुवर्ण अवसर पाएपनि सदुपयोग गर्न सकेन । हाफको अन्त्यतिर कप्तान अन्जन विष्टको प्रयासमा क्रसबार बाधक बनेको थियो ।
११ औं मिनेटमा झापाले अग्रता लिने सुवर्ण अवसर खेर फाल्यो ।छिरिङ लामाले दिएको लामो पासमा जोर्गे पेरेज सान्चेजले डिफेन्स लाइन बिट गरे । इलामका गोलरक्षक विकेश कुथु अघि बढेपछि दबाबमा जोर्गेले गरेको प्रहार पोस्टभन्दा थोरै परबाट बाहिरियो ।
२९ औं मिनेटमा इलामका इब्राहिमा जितेले गरेको प्रहार पोस्टभन्दा बाहिर गयो । उनले राइट ब्याक छिरिङ लामालाई बिट गर्दै पेनाल्टी क्षेत्र भित्रबाट प्रहार गरेका थिए ।
३२ औं मिनेटमा सान्चेजले पुन: एकपटक इलामको अफसाइड ट्रयाप बिट गरेपनि विकेशले अघि बढेर बललाई क्लियर गरे । ३८ औं मिनेटमा इलामका भरत खवासले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारले सर्बियन गोलरक्षक स्टेफान कुपिकलाई समस्या दिन सकेन ।
४४ औं मिनेटमा झापाको अग्रता लिने प्रयासमा क्रसबार बाधक बन्यो । छिरिङले दिएको क्रसमा अन्जनको डाइभिङ हेडर क्रसबारमा लागेर फार्कियो ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]