default_image

2 years ago

November 27, 2023

एनएसएलको विदेशी गोलरक्षकमा इच्छा, नेपालीलाई उपेक्षा

3544 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

नेपाली राष्ट्रिय फुटबल टोलीका लागि गोलरक्षक किरण चेम्जोङले सबैभन्दा धेरै खेल खेलेका छन् । राष्ट्रिय टोलीको लागि १ सय खेल खेल्ने दुर्लभ उपलब्धि नजिक पुगेका उनी उमेरले ३४ वर्ष पुगिसकेका छन् ।

लामो समय किरणलाई राष्ट्रिय टोलीमा साथ दिएका विशाल श्रेष्ठ र विकेश कुथु पनि राष्ट्रिय टोलीबाट पछिल्लो समय बाहिर छन् । यस्तोमा अब गोलरक्षकको दिर्घकालिन विकल्प नेपालको प्राथमिकतामा परेको छ ।

पछिल्लो केही वर्षयता दीप कार्की दोस्रो रोजाइको गोलरक्षकको रुपमा रहेका छन् । तर उनले आफैं सिनियर टोलीमा खासै अवसर पाएका छैनन् । घरेलु फुटबलमा पनि उनको प्रदर्शन औसत नै छ ।

तेस्रो रोजाइको भूमिकामा गोलरक्षकको दौड निकै खुला छ । र यो दौडमा केहि युवा गोलरक्षक प्रतिस्पर्धामा छन् । तर एनएसएलले यो संकटको घडीमा मल्हम लगाउने काम भने गर्न सकेको छैन ।

राष्ट्रिय टोलीका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले अनुभवी विशाल र विकेशलाई आफ्नो योजनामै राखेका छैनन् । लिगमा राम्रो प्रदर्शन गरेपनि उमेरको कारण देखाउँदै यी दुई प्रशिक्षकको रोजाइमा छैनन् ।

लिगको प्रदर्शनका आधारमा उनले युवा गोलरक्षक अभिषेक बराल, अनिश देउला, सन्तोष महत, लगायतलाई राष्ट्रिय टोलीको प्रशिक्षणमा बोलाएका थिए । त्यसअघि अब्दुल्लाह अलमुताइरीले टिकेन्द्रसिंह थापा, शत्रुघन चौधरी र विशाल सुनारलाई आफ्नो योजनामा समेटेका थिए । तर अभिषेकबाहेक यी सबै एनएसएलको बेन्चमा सिमित छन् ।

यसपटक एनएसएलमा सहभागी ९ मध्य ५ क्लबले विदेशी गोलरक्षक अनुबन्ध गरेका छन् । झापामा सर्बियाका स्टेफान कुपिक, ललितपुरमा फ्रान्सका जेफ्री बाल्टुस र बुटवलमा क्यामरुनका एन मामादु पहिलो पटक नेपाल आएका छन् । ए डिभिजन अनुभव बोकेका एभ्स प्रिसो पोखरा र मोहमद ताहा धनगढीबाट खेलिरहेका छन् ।

एनएसएलका आधा भन्दा बढी टोलीले विदेशी गोलरक्षक रोज्दा काठमाडौं रेजर्सले अभिषेक बराल रोजेको छ भने अन्य तीन टोलीले कप्तान र मार्कीको भूमिकामा गोलरक्षकलाई रोजेका छन् । विशाल श्रेष्ठले चितवन, दीप कार्कीले वीरगन्ज र विकेश कुथुले इलामको नेतृत्व गरिरहेका छन् ।

मंगलबार सिजनको पाँचौ खेलपछि इलामका कप्तान विकेशले झापाको बेन्चमा अनिश देउलालाई देख्दा निकै नराम्रो लागेको बताए । खेलमा आधा दर्जन बढी बचाउ गरेर इलामको जितमा महत्त्वपूर्ण भूमिका खेलेका विकेशले नेपालका युवा गोलरक्षक बेन्चमा बस्नु राम्रो संकेत नभएको बताए ।

‘मैले झापाको बेन्चमा हाम्रो देशका युवा गोलरक्षक अनिशलाई देख्दा निकै नराम्रो लाग्यो । ए डिभिजनमा राम्रो प्रदर्शन गरेर राष्ट्रिय टोलीको प्रशिक्षणमा पुगेका उनी अहिले बेन्चमा छन् । यो पक्कै पनि हाम्रो देशको लागि राम्रो होइन । उनी देशका भविष्य हुन्,’ विकेशले भने ।

गोलरक्षक पोजिसन हरेक टोलीमा निकै गम्भीर हुने भएकाले प्राय फ्रेन्चाइज टोलीले यसमा जोखिम लिन चाहेका छैनन् । तर यसो भनिरहँदा नेपालको फुटबल विकासमा योगदान पुर्याउन भनिएको पक्ष पनि हेर्नुपर्छ । चीनमा यस्तै समस्या नआवोस भनेर गोलरक्षक पोजिसनमा भने विदेशी खेलाडी अनुबन्ध गर्न नपाइने नियम छ । गोलरक्षकमा अन्य पोजिसनजस्तो धेरै विकल्प नहुने कारण पनि चीनले यो रणनीति लिएको हो ।

यसपटक विदेशी खेलाडी संख्या बढाइएको कारण पनि धेरै टोलीले गोलरक्षक अनुबन्ध गरेका छन् । एनएसएलमा एक टोलीले ६ जनासम्म विदेशी अनुबन्ध गरेर ५ जना खेलाउन पाइने नियम छ । यसले गोलरक्षक पोजिसनमा भने अन्याय भएको छ ।

विकेशले गोलरक्षकको खडेरी परेको यो अवस्थाकै कारण आफ्नो खेल करिअरपछि गोलरक्षक प्रशिक्षणमा समय दिने बताए । यद्यपि उनले नेपालमा स्तरीय गोलरक्षक प्रशिक्षकको कमी भने नभएको बताए । ‘हामीले पनि नेपाली गोलरक्षक प्रशिक्षकबाट नै सिकेका हौं । खेलेर यहाँसम्म आएका छौं । अब आफूले पनि केहि योगदान दिनुपर्छ भन्ने हो । होला विदेशका प्रशिक्षक आउँदा थोरै फरक हुन्छ, तर यहाँ पनि राम्रो गोलरक्षक प्रशिक्षक हुनुहुन्छ,’ विकेशले भने ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.