2 years ago
November 28, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिगको दोस्रो संस्करण अन्तर्गत दशरथ रंगशालामा जारी खेलमा साविक विजेता काठमाडौं रेजर्स र एफसी चितवनले गोलरहित पहिलो हाफ खेलेका छन् ।

खेल प्रतिस्पर्धात्मक भएपनि कुनै टोलीले स्पष्ट मौका भने सिर्जना गर्न सकेका छैनन् । खेलको सुरुवातमै चितवनका विमल घर्ती मगरको थ्रु पासमा रफिक अमिनु पुग्नु अघि काठमाडौं गोलरक्षक अभिषेक बरालले समाते। अर्को मिनेटमा छिरिङ गुरुङको क्रस पनि अभिषेकले समाते ।
१४ औं मिनेटमा काठमाडौंका तोजीदिनोभको लामो दूरी बाट लिएको प्रहारले पोस्टको दिशा लिन सकेन । २३औं मिनेटमा शोखरुखको प्रहारले पनि चितवन गोलरक्षक विशाल श्रेष्ठलाई कुनै समस्या दिन सकेन ।
२६औं मिनेटमा चितवनका रोशन राना मगरको बायाँ खुट्टाले गरेको प्रहार पोस्टको निकै टाढा बाहिरियो । ३५औं मिनेटमा विशाल श्रेष्ठले क्रस समातेर खेलेको लामो पासमा रोशन राना मगरको चिप अभिषेकले समाते । रोशनले पेनाल्टी क्षेत्र बाहिरबाट दुई डिफेन्डरको बिचमा रहेपनि बाउन्स भइरहेको बललाई पोस्टको दिशा दिन खोजेका थिए ।
३९औं मिनेटमा अफ्रिए अक्वाहको फ्रिकिकमा मार्को इभनोभिचले हेडर सम्पर्क गर्न सकेनन् । ४०औं मिनेटमा विमल घर्ती मगरको प्रहार पोस्टको केही टाढाबाट बाहिरियो । ४५औं मिनेटमा काठमाडौंका एनकेंगुए जुनियरको फ्री-किक पोस्टको माथिबाट बाहिरिन पुग्यो ।
काठमाडौँले पहिलो खेलमा इलाम विरुद्ध जित हासिल हारका चितवनले भने पोखरा सँग पराजय भोगेको थियो ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]