2 years ago
November 29, 2023
एजेन्सी – क्याटलान क्लब बार्सिलोना तीन वर्षको अन्तरालपछि युरोपेली च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ ।

घरेलु मैदानमा पोर्चुगिज टोली पोर्टोविरुद्ध २-१ को पुनरागमन जित निकाल्दै बार्सिलोनाले अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरेको हो । बार्सिलोनाका लागि जोआओ क्यान्सेलो र जाेआओ फेलिक्सले एक एक गोल गरे ।
सुरुवाती समयमा बार्सिलोनाले बल आफूसँग धेरै राखेपनि मौका भने पोर्टोले सिर्जना गरिरहेको थियो । २६औं मिनेटमा मेहदि तरेमीले गोल गरेपनि उनी अफसाइड रहेका थिए ।
३०औं मिनेटमा पोर्टोले खेलमा अग्रता लियो । गलेनोको प्रहार बार्सिलोनाका गोलरक्षक इनाकी पेनाले बचाएपछि ब्राजिलियन खेलाडी पेपेले रिबाउन्डमा गोल गर्दै अग्रता दिलाएका थिए ।
बार्सिलोनाले दुई मिनेटपछि नै खेलमा बराबरी गर्यो । डिफेन्डर जोआओ क्यान्सेलोले सुन्दर गोल गर्दै खेलमा बराबरी गरेका थिए। उनले पेड्रीको पास लिँदै एक डिफेन्डरलाई बिट गर्दै फार पोस्टमा गोल गरेका थिए ।
३५औं मिनेटमा राफिन्हाको पासमा फेलिक्सले बक्स भित्र बाट सहज मौकालाई पोस्तमाथि प्रहार गरे । ४२औं मिनेटमा पोर्टो गोलरक्षक डियाेगो कोस्टाले दिएको मौका बार्सिलोनाले सदुपयोग गर्न सकेन । उनले सोझै पेड्रीको खुट्टामा पास दिएपछि पेड्रीको।प्रहार ब्लक हुन पुग्यो र राफिन्हाले त्यसपछि पोस्टको बाहिर प्रहार गरे ।
दोस्रो हाफको सुरुवाती समयमै जोआओ फेलिक्सले प्रहार गरेको शक्तिशाली प्रहार पोस्टमा लागेर बाहिरियो ।
५७औं मिनेटमा भने बार्सिलोनाले खेलमा अग्रता लिन सफल भयो । जोआओ क्यान्सेलोको पासमा बक्स भित्रबाट सुन्दर फिनिश गर्दै फेलिक्सले बार्सिलोनालाई खेलमा अग्रता दिलाए ।
८०औं मिनेटमा पोर्टोका गोलकर्ता पेपेले राम्रो मौका खेरा फाले । गोलरक्षक पेना बिट भइसकेको अवस्थामा उनले प्रहार नगरी क्रस गर्न खोज्दा मौका गुम्यो । अर्को तर्फ काउन्टरमा फेरान टोरसको प्रहार पोस्टको केही टाढाबाट बाहिरियो ।
समूह एच मा बार्सिलोनाको ५ खेलबाट १२ अंक भएको छ । पोर्टो र शाख्तर दोनेत्स्कको समान ९-९ अंक छ । यी दुई टोली अन्तिम खेलमा एकअर्का सँग भिड्ने छन् । समूहमा पुछारमा रहेको रोयल एन्टवर्पको भने कुनै अंक रहेको छैन ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]