2 years ago
November 29, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिगको दोस्रो सिजन अन्तर्गत बुधबारको खेलमा ललितपुर सिटी फुटबल क्लब र पोखरा थन्डर्सले खेल्दैछन् । खेल साँझ ५:३० बजे दशरथ रंगशालामा सुरु हुनेछ ।

पोखरा र ललितपुर दुवैले पहिलो खेलमा जित दर्ता गरेका थिए । पोखराले पहिलो खेलमा चितवनलाई हराउँदा आइकोनिक खेलाडी तथा कप्तान दिनेश राजवंशीले राम्रो प्रदर्शन गरेका थिए । खेलमा मोजेस ग्याबाले दोस्रो हाफको मध्यतिर गरेको गोल निर्णायक सावित भएको थियो ।
यता ललितपुरले भने बुटवल लुम्बिनीलाई २-० ले हराएको थियो । दिनेश हेन्जन र अनन्त तामाङको पहिलो हाफको गोलमा ललितपुरले सहज जित दर्ता गरेको थियो । नाइजेरियन फरवार्ड इमोह एजेकेलले ललितपुरका लागि प्रभावशाली प्रदर्शन गरेका थिए ।
उक्त खेलमा ललितपुरले ४ विदेशी खेलाडी मात्र प्रयोग गरेको थियो । आज ललितपुरबाट अजरबैजानका विंगर नुर्लान नोभ्रुजोभ पनि टोलीमा सामेल हुँदैछन् । उनले अघिल्लो सिजन पनि यसै क्लबबाट खेलेका थिए ।
आजको खेलमा विजयी हुने टोलीले अंक तालिकाको शीर्ष स्थानमा उक्लनेछ । गत सिजन यी दुई टोलीको खेल गोलरहित बराबरीमा टुंगिएको थियो ।
सम्भावित सुरुवाती ११ :
ललितपुर :
जेफ्री बाल्टुस, अनन्त तामाङ, करीम ओमोलोजा, सनिश श्रेष्ठ, संजित राई, सेसेहाङ आङदेम्बे, विवेक पौडेल, निखिल कदम, दिनेश हेन्जन इमोह एजेकेल, पापा इबु केबे
पोखरा :
एभ्स प्रिसो, दिनेश राजवंशी (कप्तान), पदम भट्टराई, अन्जल महर्जन, फ्रान्कलिन टाला, सुरज जिउ ठकुरी, जो आइडू, मोहेस ग्याबा टुम, आयुष घलान, स्टेफन कोजो पापा, संजिव विष्ट
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]