2 years ago
November 30, 2023
एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडले युरोपेली च्याम्पियन्स लिगको समूह सी मा लगातार पाँचौ जित दर्ता गरेको छ । घरेलु मैदानमा रियलले नेपोलीलाई ४-२ ले पराजित गर्यो ।

खेलमा अग्रता नेपोलीले लिएपनि रियलले पुनरागमन गरेको हो । जिओभानी सिमिओनीले नवौं मिनेटमा गोल गर्दै नेपोलीलाई अग्रता दिलाए । त्यसको दुई मिनेटपछि नै रोड्रीगोले ब्राहिम डियाजको पासलाई सदुपयोग गर्दै खेल बराबरीमा ल्याए । २२ औं मिनेटमा जुड बेलिंघमले गोल गरेपछि रियल पहिलो हाफमा २-१ ले अघि बढ्यो ।
दोस्रो हाफको ४७ औं मिनेटमा जाम्बो अन्गिसाले नेपोलीलाई बराबरीमा ल्याए ८४ औं मिनेटमा निको पाजको गोलमा रियल पुन: अघि बढ्यो इन्ज्युरी समयमा जोसेलुले गोल थप्दै रियलको ४-२ को जित पक्का गरे ।
समूहकै अर्को खेलमा ब्रागा र युनियन बर्लिनले १-१ को बराबरी खेले । रोबिन गोसेन्सको गोलमा बर्लिनले अग्रता लिएपनि घरेलु टोलीका लागि अल्भाररो जालोले दोस्रो हाफमा बराबरी गोल फर्काए ।
समूहमा रियल ५ खेलमा १५ अंकसहित समूह विजेता बनेको छ । नेपोलीको ७ अंक छ भने ब्रागाको ४ र बर्लिनको २ अंक छ । अन्तिम खेलमा रियलले बर्लिनको सामना गर्दा नेपोली र ब्रागा समूह उपविजेता बन्न प्रतिस्पर्धा गर्नेछन् ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]