2 years ago
November 30, 2023
एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत समूह बी को खेलमा फ्रान्सेली क्लब लेन्समाथि फराकिलो जितका साथ आर्सनल समूह विजेता बनेको छ ।

घरेलु मैदान इमिरेट्स रंगशालामा आर्सनलले लेन्सलाई ६-० ले पराजित गर्यो । आर्सनलले खेलको सुरुवाती २७ मिनेटमै ४-० को अग्रता बनाएको थियो । क्लबका लागि ६ फरक खेलाडीले गोल गरे ।
काइ हाभर्ट्ज, ग्याब्रीएल जेसस, बुकायो साका र ग्याब्रिएल मार्टिनेलीले सुरुवाती समयमा गोल गर्दा मार्टिन ओडेगार्डले पहिलो हाफको इन्ज्युरी समयमा पाँचौ गोल थपे । दोस्रो हाफको ८६ औं मिनेटमा जर्जिन्होले पेनाल्टीमा गोल गर्दै ६-० को जित दिलाए ।
समूहको अर्को खेलमा पिएसभीले सेभिल्लामाथि ३-२ को प्रतिस्पर्धात्मक जित दर्ता गर्यो । सेभिल्लाले २-० को अग्रता लिएपनि लुइस ओकाम्पसलाई रातो कार्डमा गुमाउँदा लय बिग्रन पुग्यो ।
सर्जियो रामोसले २४ औं मिनेटमा र युसुफ एन नेस्रीले ४७ औं मिनेटमा सेभिल्लाकका लागि गोल गरे । ६६ औं मिनेटमा ओकाम्पस बाहिरीएपछि इस्माएल साइबरीले लगत्तै पिएसभीलाई खेलमा फर्काए । ८१ औं मिनेटमा भएको नेमान्जा गुडेल्जको आत्मघाती गोलमा पिएसभी खेलमा फर्कियो ।
पिएसभीले इन्ज्युरी समयको दोस्रो मिनेटमा रिकार्डो पेपीको गोलमा जित पक्का गर्यो । यस जितले पिएसभीको नकआउट चरण यात्रा पक्का भयो । समान अंक भएपनि लेन्ससँग हेड टु हेडमा पिएसभी अघि छ ।
आर्सनलको ५ खेलमा १२ अंक तथा पिएसभीको ५ खेलमा ८ अंक छ । लेन्सको ५ र सेभिल्लाको २ अंक मात्र छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]