2 years ago
November 30, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल फुटबल खेलाडी संघ र निर्वाणा कलेज र स्कुलबीच सहकार्य सम्झौता भएको छ ।

ललितपुरको कुमारीपाटिस्थित निर्वाणा कलेजमा भएको एक कार्यक्रममाझ दुई पक्षबीच सम्झौता भएको हो । कलेजका तर्फबाट प्रधानाध्यापक मणिराम बन्जाडे र संघका तर्फबाट अध्यक्ष विक्रम लामा लगायतले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सम्झौता अनुसार कलेज र संघले शैक्षिक र खेल करिअर एकसाथ अघि बढाउन सक्ने क्षमता भएका फुटबल खेलाडीहरुलाई छात्रवृत्ति प्रदान गर्न सहकार्य गर्नेछन् । सॅगसॅगै दुवै पक्षले समुदाय भित्र फुटबल खेललाई प्रवर्द्धन र विकास गर्न सहकार्य गर्नेछन् ।
फुटबल प्रतियोगिता र कार्यक्रम आयोजनामा पनि दुई पक्ष मिलेर अघि बढ्ने प्रतिवद्दता व्यक्त गरिएको छ । स्कुलले खेलाडीका छोराछोरीलाई शिक्षामा ५० प्रतिशत छात्रवृत्ति दिने सहमति भएको छ ।
यसबाहेक संघले स्कुलको खेलकुद गतिविधिमा स्रोत र सहयोग उपलब्ध गराउनेछ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]