2 years ago
November 30, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग २ अन्तर्गत विहीबार भइरहेको धनगढी फुटबल क्लब र बुटवल लुम्बिनी फुटबल क्लबबीच खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको छ ।

सुरुवाती २० मिनेटमा आशिष चौधरीले बुटवलको डिफेन्सलाई पटक पटक समस्या दिए । राइट ब्याक सरोज तामाङले सातौं मिनेटमा नै पहेंलो कार्ड खाएपछि आशिषले उनीविरुद्ध दबाब कायम गर्न सहज भएको थियो ।
चार विदेशी खेलाडी मात्र पहिलो रोजाइमा उतारेको धनगढीले सटिक अन्तिम पासका लागि सुरुवातदेखि संघर्ष गर्यो । पछिल्लो खेलका प्लेयर अफ द म्याच कृतिश रत्न छुन्जु नहुँदा मिडफिल्ड र आक्रमणमा समन्वय कमी देखिएको छ ।
बुटवलले कप्तान एरिक विष्टको फ्रिकिकमा गोलरक्षक मोहमद ताहालाई परिक्षण गरेको थियो । एरिकले पहिलो बारमा हानेको फ्रिकिक ताहाले फर्काएपछि रिबाउन्डमा बुटवलका खेलाडी केहि ढिलो भए ।
२५ औं मिनेटमा आशिष र अहमद हिजाजीको सहकार्य गोलमा परिणत हुन सकेन । आशिषले ६ यार्ड बक्स नजिकबाट दिएको अन्तिम लो क्रसमा हिजाजीको प्रहार पोस्टमा लाग्दै बाहिरियो । उनले निकै कठिन एंगलबाट उक्त प्रहार गरेका थिए ।
३१ औं मिनेटमा जिलेस्पीले बायाँ विंगमा उत्कृष्ट मुभ सिर्जना गरे । कमल श्रेष्ठलाई बिट गरेर अघि बढेका उनले दिएको लो क्रसले पेनाल्टी क्षेत्रभित्र सहकर्मी खेलाडी भने भेट्न सकेन । त्यसअघि जिलेस्पीकै हेडर पोस्टभन्दा माथिबाट बाहिरिएको थियो ।
३६ औं मिनेटमा बुटवल र धनगढी दुवैले गोल गर्ने अवसर पाए । दुवैतर्फ धनगढीका अभिषेक गुरुङ नै निर्णायक भूमिकामा थिए । एरिकको कर्नरमा जिलेस्पीको हेडरलाई अभिषेकले गोललाइनबाट क्लियर गरे । उक्त क्लियरेन्सपछि अघि बढेको काउन्टर अट्याकमा अभिषेककै हेडर गोल हुन सकेन । हिजाजीले दायाँ विंगबाट दिएको क्रसमा उनको हेडरमा गोलरक्षक बिट भएपनि थोरै परबाट बाहिरिएको थियो ।
४० औं मिनेटमा बुटवलका स्टेफेन बिनोङको प्रहार गोल हुन सकेन । उनले सरोजको लामो पासलाई पेनाल्टी क्षेत्रभित्र नियन्त्रणमा लिँदै देवेन्द्र तामाङलाई बिट गरेपनि अन्तिम प्रहारमा गोलरक्षक ताहालाई कटाउन सकेनन् ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]