2 years ago
November 30, 2023
काठमाडौं (हाम्रो खेलकुद) – फिफाले सार्वजनिक गरेको पुरुष फुटबलको विश्व वरीयतामा नेपाल दुई स्थान तल झरेको छ ।

विहीबार सार्वजनिक भएको वरीयता अनुसार नेपाल १७५औं स्थानमा छ । यसअघि नेपाल १७३औं स्थानमा रहेको थियो। नेपालको १५.७७ वरीयता अंक घटेर ९४८.०५ भएको छ ।
विश्वकप छनोटको दोस्रो चरणका खेलमा युएई र यमन विरुद्ध पराजय भोगेका कारण नेपाल वरीयतामा तल झरेको हो ।
नेपाल दक्षिण एसियामा तेस्रो स्थानमा यथावत छ । भारत १०२औं स्थानमा रहँदा माल्दिभ्स १६१औं स्थानमा रहेको छ । भुटान १८२औं, बंगलादेश १८३औं, पाकिस्तान १९३औं र श्रीलंका २०२औं स्थानमा रहेका छन् ।
यस्तै एसियाली राष्ट्रहरूमा जापान शीर्ष स्थानमा रहेको छ भने इरान दोस्रो रहेको छ । यी दुई टोली विश्व वरीयतामा क्रमश: १८औं र २१औं स्थानमा छन् ।
विश्वकप विजेता अर्जेन्टिना वरीयतामा शीर्ष स्थानमा यथावत नै रहेको छ । फ्रान्स दोस्रो स्थानमा कायम रहँदा इंग्ल्याण्ड तेस्रो स्थानमा उक्लिएको छ । बेल्जियम चौथो र ब्राजिल पाँचौं स्थानमा रहेका छन् ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]