default_image

2 years ago

November 30, 2023

मुख्य प्रशिक्षक ‘भाग्य परिक्षण’ गर्न खेलभर टचलाइनमै आएनन्

3444 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

बुटवल लुम्बिनी फुटबल क्लब नेपाल सुपर लिग २ अन्तर्गत सुरुवाती दुवै खेलमा हार बेहोर्दै अंक तालिकाको पुछारमा छ । अक्सनमा स्टार खेलाडी भित्र्याउन असफल बुटवलले नेपालमै उपलब्ध रहेका विदेशी खेलाडी अनुबन्ध गर्दै औसत टोली निर्माण गरेको छ । अझ टोलीको प्रशिक्षक विजय महर्जनले दोस्रो खेलमा गरेको निर्णय सुन्दा टोलीले लिगमा नतिजाको हिसाबमा धेरै आशा नगरेको हो कि भन्ने शंका नै पैदा हुन्छ ।

बुटवलले विहीबार भएको खेलमा धनगढी फुटबल क्लबसँग इन्ज्युरी समयमा खाएको गोलका कारण हार बेहोर्यो । पहिलो खेलमा ललितपुरसँग २-० को हार बेहोरेको बुटवल पुछारमा थियो । आजको खेलमा अंक जोडेको भए टोलीले पुछारको स्थान छोड्थ्यो । तर टोलीले खेलमा पाएको अवसर सदुपयोग गर्न सकेन । र अन्त्यमा गोल खाँदै अर्को ३ अंक विपक्षीलाई सुम्पियो ।

दुवै टोलीको सुरुवाती ११ हेर्दा बुटवललाई खेलमा नतिजा हासिल गर्न केही सहज थियो । धनगढीका लागि पहिलो खेलमा प्लेयर अफ द म्याच घोषित भएका कृतिश रत्न छुन्जु टोलीमा थिएनन् । सँगसँगै प्रशिक्षक युगलकिशोर राईले ४ विदेशी खेलाडीमात्र पहिलो रोजाइमा उतारे । यता बुटवलले ५ विदेशीसहित आइकोनिक खेलाडी आशिष लामालाई पनि पहिलो रोजाइमा नै खेलाएको थियो ।

आश्चर्य नै भन्नुपर्छ खेल अवधिभर बुटवलका मुख्य प्रशिक्षक विजय महर्जन खेल अवधिभर नै टचलाइनमा देखिएनन् । उनी पूरा समय बेन्चमा अन्य अफिसियलसँग बसे । टचलाइनमा सहायक प्रशिक्षक दिलिप क्षेत्रीले नै जिम्मेवारी निभाए । उनलाई आवश्यक पर्दा गोलरक्षक प्रशिक्षक अजय महर्जनले साथ दिए ।

सहायक प्रशिक्षक दिलिप क्षेत्री निर्देशन दिँदै ।

मुख्य प्रशिक्षकभन्दा बढी टोलीका संयोजकको भूमिकामा रहेका सुगन तन्डुकार नै टचलाइनसम्म पुगे । तर सहायक रेफ्रीलाई अभद्र व्यवहार गरेपछि रेफ्री कविन ब्यन्जनकारले तन्डुकारलाई रातो कार्ड देखाए । बुटवलको बेन्चले रेफ्रीको निर्णयमा पटक पटक असहमति जनाएपछि स्थिति नियन्त्रणमा लिन रेफ्रीले कार्ड देखाउनुपरेको थियो ।

त्यसो त मुख्य प्रशिक्षक महर्जनले खेलपछि पोस्ट म्याच कन्फरेन्समा बोल्दै रेफ्रीको निर्णयमा असन्तुष्टि जाहेर गरे । उनले रेफ्रीको निर्णय मान्न सकिने नभएको बताए । ‘रेफ्रीको निर्णय त चित्त बुझेन । एकदम नराम्रो थियो । हाम्रो विरुद्ध अफसाइड नै लिएन,’ महर्जनलाई अन्तिम गोलबारे सोध्दा उनले भने, ‘त्यो त पूरै अफसाइड थियो । तपाईं आफैं रिप्ले पनि हेर्न सक्नुहुन्छ ।’

ओलावालेले इन्ज्युरी समयको तेस्रो मिनेटमा विजयी गोल गरेका थिए । अहमद हिजाजीको पासमा ओलावालेले उत्कृष्ट ढंगले अफसाइड लाइन बिट गरेर गोल गर्न पुगेका थिए । त्यसो त खेल अवधिभर नै बुटवलको बेन्च सहायक रेफ्रीविरुद्ध खनिएको थियो ।

बुटवलका प्रशिक्षक महर्जनको हारको कारण देखाउन रेफ्रीविरुद्ध आरोप भन्दा हाँस्यास्पद उनको टचलाइनमा नबस्नुको कारण थियो । ‘अस्तिको खेलमा म टचलाइनमा बस्दा गोल भएन । आज उसलाई बस्न दियौं । एउटा भाग्य हेरेजस्तो हो,’ महर्जनले हाँस्दै भने ।

त्यसो त महर्जनमाथि लिगको सुरुवातदेखि नै दबाब थियो । लामो समयदेखि शीर्ष श्रेणी फुटबलभन्दा बाहिर रहेका उनलाई प्रशिक्षकको जिम्मेवारी सुम्पंदा नै धेरै आश्चर्यमा परेका थिए । एनएसएलमा सहभागी केही टोलीले विदेशी प्रशिक्षक अनुबन्ध गरेका छन् । विदेशी नगर्नेले नेपालकै ए डिभिजनमा प्रशिक्षण गराउने बलियो टोली निर्माण गरेको छ ।

ललितपुर, झापा र चितवनले यसपटक विदेशी प्रशिक्षक अनुबन्ध गरेका छन् भने उनीहरुको सहायकमा ए डिभिजन हेरेका ए लाइसेन्स प्रशिक्षक सहायकमा छन् । काठमाडौं, पोखरा, इलाम, वीरगन्ज र धनगढीमा पनि ए डिभिजनका परिचित प्रशिक्षक नै छन् । तर बुटवल यसमा फरक देखिएको छ ।

बुटवलमा यस वर्ष नयाँ मालिक आएपछि टोलीमा व्यापक परिवर्तन आएको छ । नेपालका ए डिभिजनमा अनुभव बोकेका ए लाइसेन्स प्राप्त प्रशिक्षक उपलब्ध हुँदाहुँदै बुटवलले महर्जनलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दियो । बुटवलकै स्थानीय दिलिप क्षेत्रीलाई सहायक र गोलरक्षकमा अजय महर्जन चुन्यो । यी दुई पनि शीर्ष लिगमा खासै अनुभव बोकेका प्रशिक्षक होइनन् । क्षेत्रीले भने लामो समय गोलरक्षकको रुपमा खेलेको अनुभव छ ।

लिग सुरु हुने अघिल्लो दिन पत्रकार सम्मेलनमा मुख्य प्रशिक्षक महर्जनले आफूलाई यो जिम्मेवारी ठूलो चुनौती रहेको बताएका थिए । अन्य टोलीमा विदेशी प्रशिक्षक हुँदा आफूले जिम्मेवारी पाएपछि प्रमाणित गर्ने दबाब रहने उनले स्वीकारेका थिए । तर विहिबार लिगको दोस्रो खेल हारेपछि भने उनले कुनै दबाब नरहेको बताए । उनले दबाब नरहेको बताएपनि उनको मुहारमा भने फरक भाव झल्किरहेको थियो ।

बुटवलले लिग चरणको ८ मध्य २ खेलमा हार बेहोरेको छ । अब बाँकी ६ खेलमा कम्तिमा ४ नजिते प्लेअफ पुग्ने सम्भावना कमजोर बन्नेछ । हालसम्म लिगमा गोलको खाता खोल्न नसकेको टोलीको आक्रमणमा खेलाडीबीच तालमेलकै कमी देखिन्छ । प्रशिक्षक आफैंले दोस्रो खेलमा नै भाग्य परिक्षण गरिरहेको अवस्थामा बुटवलको अंक तालिकामा स्थान परिवर्तन हुन कठिन देखिन्छ ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.