2 years ago
December 1, 2023
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल टोलीका पूर्व प्रशिक्षक भीम थापाको निधन भएको छ । ७५ वर्षे थापाको बिहीबार राती हृदयघातका कारण निधन भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

एन्फाको पूर्व टेक्निकल इाइरेक्टर समेत रहेका थापाले सन् १९७१ मा जापानमा भएको एसियन च्याम्पियनसिपमा नेपाली टोलीबाट प्रतिनिधित्व गरेका थिए । उनले न्यूरोड टिम (एनआरटी), ठमेल र महावीर क्लबबाट व्यवसायिक फुटबल खेलेका थिए ।
खेल जीवन पनि उनी एन्फाको सहायक महासचिव बनेका थिए । एन्फा एकेडेमीको मुख्य योजनाकारमध्ये थापा थिए । उनले पटक पटक राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण सम्हालेका थिए । उनलाई नेपाल खेलकुद पत्रकार मन्चले २०७० सालमा लाइभ टाइम एचिभमेन्ट अवार्डबाट सम्मानित गरेको थियो ।
थापाको पार्थिव शरीर श्रद्धान्जलीका लागि सातदोबाटोस्थित एन्फामा शुक्रबार दिउँसो २ः३० बजे देखि ३ः०० बजे सम्म राखिने एन्फाले जनाएको छ । उनको आजै अन्तिम संस्कार गरिने पनि एन्फाले जनाएको छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]