default_image

11 months ago

December 1, 2023

एनएसएलमै चितवनको पहिलो जित

2607 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एफसी चितवनले नेपाल सुपर लिग (एनएसएल) इतिहासमा पहिलो जित दर्ता गरेको छ।

पहिलो संस्करणमा जित विहिन रहेको चितवनले दोस्रो संस्करणको तेस्रो खेलमा आएर पहिलो जित हासिल गरेको हो।

चितवनले शुक्रबार वीरगन्ज युनाइटेड एफसीलाई २-१ ले पराजित गर्यो। चितवनको जितमा विमल घर्ती मगर र टोरिक जेब्रीनले एक-एक गोल गरे। वीरगन्जका लागि भने आइकिन्स बाफुरले एक गोल गरे।

विमलको गोलमा चितवनले १-० को अग्रता बनाएको हो। चितवनले नवप्रवेशी टोली वीरगन्ज विरुद्ध राम्रो प्रदर्शन गर्यो। खेलमा चितवन बलियो देखिएपनि वीरगन्जले पनि मौकाहरु भने सृजना गरेको थियो। पछिल्लो दुई खेलमा सोचे अनुरूप प्रदर्शन गर्न नसकेका चितवनका मिडफिल्डर टोरीक जेब्रिनले आज भने उत्कृष्ट प्रदर्शन गरे।

चौथो मिनेटमा वीरगन्जले खेलको पहिलो मौका फ्रिकीकको रूपमा पाएको थियो तर विलियम ओपोकुको प्रहारले वाल कटाउन सकेन। आठौं मिनेटमा चितवनका टोरिकको बक्सको दायाँ पट्टी बाट गरेको प्रहार पोस्टको माथि बाट बाहिरियो।

१३औं मिनेटमा चितवनका स्ट्राइकर रफिक अमिनुको कमजोर खुट्टाले गरेको प्रहारले वीरगन्जका गोलरक्षक दीप कार्कीलाई कुनै समस्या दिन सकेन।

२३औं मिनेटमा टोरिकको फ्रिकिक दीपले पन्च गरिदिए। २५औं मिनेटमा वीरगन्जका आईकोनिक खेलाडी तेज तामाङले चितवनका राईट ब्याक छिरिङ गुरूङलाई छक्याए तर उनी सट लिने या क्रस खेल्ने दुविधामा परेपछि प्रहार भने पोस्टको दिशामा गएन।

२८औं मिनेटमा बिमलले चितवनलाई अग्रता दिलाए। रोशन राना मगरले मिडफिल्डबाट खेलेको थ्रु-पासमा बिमलले वीरगन्जको रक्षापंक्ति पछाडि रन बनाउँदै दीपलाई कटाएर खाली पोस्टमा गोल गर्न सफल भए।

३०औं मिनेटमा वीरगन्जका सुदिप गुरूङको क्रस चितवन गोलरक्षक विशाल श्रेष्ठले सहजै समाते। ३१औं मिनेटमा तेजको अर्को प्रहार पोस्टको केही टाढाबाट बाहिरियो।

३२औं मिनेटमा टोरिकको पासमा अमिनुको प्रहारमा उनले चाहेजस्तो सम्पर्क बनाउन सकेनन्। ४१औं मिनेटमा टोरिककै कर्नर दीपले पुनः पन्च गरिदिए।

४७औं मिनेटमा टोरिकको क्रसले आफ्नो टिममेट भेटाउन सकेन। ४९औं मिनेटमा वीरगन्जका भिषण गुरुङको थ्रु-पास युवराज खुट्टाको पथमा आएको थियो तर उनले बल भेटाउनु अगावै विशालले बक्सको छेउमा आएर समाते।

५५औं मिनेटमा वीरगन्जले खेलमा बराबरी गर्यो। विलियम ओपोकुको कर्नरमा शक्तिशाली हेडर गर्दै आइकिन्स बाफुरले खेल बराबरीमा ल्याएका थिए।

गोल खाने बित्तिकै चितवनले आफ्नो लय भने गुमाएन र मौकाहरु बनाउँदै गयो। ५६औं मिनेटमा अफ्रिए अक्वाहको सट दीपले बचाउँदै कर्नारका लागि फालिदिए। ५९औं मिनेटमा टोरिकको पासमा अमिनुको प्रहार दीपले बचाए तर अमिनु अफसाइड थिए।

६५औं मिनेटमा ओपोकुको क्रसमा युवराजले हेडर लगाउन सकेनन्। एक मिनेट पछि वीरगन्जका दिवाकर चौधरीको क्रसले कसैलाई भेटाउन सकेन।

६८औं मिनेटमा भने चितवनले खेलमा पुनः अग्रता लियो। टोरिक जेब्रिनले बक्सको बायाँ तर्फ वटा फार-पोस्टमा गरेको उत्कृष्ट प्रहारले जालि चुमेको थियो।

खेलमा त्यसपछि धेरै रोकावट भएका थिए र ठोस मौकाहरु बन्न सकेनन्। वीरगन्ज बराबरी गर्ने नजिक आउन सकेन। पछिल्लो खेलमा ८६औं मिनेटमा अग्रता लिएपनि अन्तिम समयमा गोल खाँदै बराबरी गरेको चितवनले आज भने दोस्रो पटकमा अग्रता रक्षा गर्न सफल भयो।

चितवनको ३ खेलमा एक जित, एक बराबरी र एक हार सहित ४ अंक भएको छ। वीरगन्ज भने दुवै खेलमा पराजित हुँदै अंक विहिन छ।

भोलि एनएसएलमा दुई खेल हुँदै छन्। दिनको एक बजे हुने खेलमा झापा एफसी र पोखरा थन्डर्स भिड्ने छन् भने साँझ ५:३० बजे हुने खेलमा धनगढी एफसी र ललितपुर सिटी एफसी भिड्ने छन्।

October 25, 2024

आहा ! रारा पोखरा गोल्ड कप माघमा

पोखरा (हाम्रो खेलकुद)- आहा ! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको २४ औं संस्करणको मिति तय भएको छ । सहारा क्लब पोखराले निरन्तर आयोजना गर्दै आएको आहा गोल्डकप यो वर्ष माघ २२ देखि फागुन ३ गते सम्म हुने भएको छ। पोखरा रंगशालामा हुने प्रतियोगिताको समय तालिकाका लागि आयोजकको अनुरोधमा कास्की जिल्ला फुटबल संघले अखिल नेपाल […]

October 24, 2024

श्रीलंकालाई हराउँदै नेपाल समूह विजेता

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई हराएको छ । दशरथ रंगशालामा सम्पन्न खेलमा नेपालले श्रीलंकामाथि ६-० को जित निकाल्दै समूह विजेता बन्न सफल भयो । नेपालका लागि रेखा पौडेलले २ गोल गर्दा सावित्रा भण्डारी साम्बा, रश्मीकुमारी घिसिङ, सविता राना मगर र अमिषा कार्कीले १-१ गोल गरे […]

October 24, 2024

पहिलो हाफमै नेपालको ४ गोल!

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकासँग खेलिरहेको छ । पहिलो हाफमा नेपाल ४-० ले अघि छ । सुरुवाती मिनेटदेखि आक्रमण बुनेको नेपालले पहिलो हाफ अवधिभर श्रीलंकालाई दबाबमा राखेको छ । सावित्रा भण्डारी साम्बाले पहिलो रोजाइमा खेल्दै उच्च प्रदर्शन गरेकी छिन् । उनले नेपालले गरेको ४ गोलमा […]

Success

Thank you for your time.