default_image

8 months ago

December 2, 2023

अर्जेन्टिनालाई हराएर माली तेस्रो

1688 views

0 Bookmark

एजेन्सी – अर्जेन्टिनालाई पराजित गर्दै मालीले यू–१७ फिफा विश्वकप फुटबलमा तेस्रो स्थान हासिल गरेको छ ।अर्जेन्टिनालाई ३–० ले हराएर माली तेस्रो हुन सफल भएको हो ।

इन्डोनेसियाको सुराकार्तास्थित स्टेडन मनाहनमा शुक्रबार राति भएको प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलमा मालीलाई जिताउन इब्राहिम डिएरा, मामाडोउ डोम्विया र हामीडोउ माकालोउले गोल गरे ।

नवौं मिनेटमा इब्राहिम डिएराले गोल गर्दै मालीलाई १–० को अग्रता दिलाए । ४५औं मिनेटमा मामाडोउ डोम्विया गोल गर्दै मालीलाई पहिलो हाफमा २–० को अग्रत दिलाए ।

त्यसपछि ४८औं मिनेटमा हामीडोउ माकालोउले गोल गर्दै मालीलाई ३–० ले अघि बढाए । त्यसपछि थप गोल निस्कन नसक्दा माली विजयी बन्दै तेस्रो स्थान हासिल गर्न सफ भयो ।

अर्जेन्टिनाले पूनरागमन प्रयास गरेपनि मालीको बलियो रक्षापङ्ति तोड्न नसक्दा पराजित हुन पुग्यो । क्वाटरफाइनलमा ब्राजिलाई हराएको अर्जेन्टिना सेमिफाइनलमा जर्मनीसँग पराजित भएको थियो ।

यता, मालीले क्वाटरफाइनलमा मोरोक्कोलाई पराजित गर्दा सेमिफाइनलमा फ्रान्ससँग २–१ ले पराजित भएको थियो । यू–१७ फिफा विश्वकप फुटबलको उपाधिको लागि जर्मनी र फ्रान्सबीच प्रतिस्पर्धा हुँदैछ ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.