default_image

3 months ago

December 2, 2023

एनएसएलमा आज दुई खेल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) मा आज शनिबार दुई खेल हुँदैछन्।दिउँसो १ बजे सुरु हुने दिनको पहिलो खेलमा झापा एफसीले पोखरा थन्डर्सको समान गर्ने छ। झापाले आज आफ्नो दोस्रो खेल खेल्दै छ। यसअघि स्पोर्टिङ्ग इलाम डे मेची एफसी विरुद्ध १-० हार बेहोरेको झापा पहिलो जितको खोजीमा हुने छ। झापाले आज पनि राष्ट्रिय […]

1007 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) मा आज शनिबार दुई खेल हुँदैछन्।
दिउँसो १ बजे सुरु हुने दिनको पहिलो खेलमा झापा एफसीले पोखरा थन्डर्सको समान गर्ने छ। झापाले आज आफ्नो दोस्रो खेल खेल्दै छ।

यसअघि स्पोर्टिङ्ग इलाम डे मेची एफसी विरुद्ध १-० हार बेहोरेको झापा पहिलो जितको खोजीमा हुने छ। झापाले आज पनि राष्ट्रिय टोलीका मिडफिल्डर लाकेन लिम्बु विना खेल्नु पर्ने छ। स्टार खेलाडीले भरिपूर्ण झापाको मिडफिल्डले पहिलो खेलमा सोचेअनुरुपको प्रदर्शन गर्न सकेन।

उता पोखराले भने पहिलो खेलमा बलियो मानिएको एफसी चितवन विरुद्ध जित निकालेको थियो भने दोस्रो खेलमा ललितपुर एफसी विरुद्ध गोलरहित बराबरी खेलेको थियो। पोखराको डिफेन्स लाइन नेपाली फुटबलमा अनुभवी फ्रान्कलिन टाल्ला र अष्ट्रेलिया बाट फर्केको दिनेश राजवंशीको अनुबन्धले बलियो देखिएको छ। फरवार्ड आयुष घलान समेत राम्रो लयमा देखिएका छन्।
दशरथ रंगशालामा दिनको दोस्रो खेलमा धनगढी एफसी र ललितपुर सिटी एफसी भिड्ने छन्। धनगढीले अहिलेसम्म खेलको दुबैमा जित हासिल गरेको छ। धनगढीले दुबै खेलमा खेलको अन्त्यतिर गोल गर्दै जित निकालेको छ। वीरगन्ज युनाइटेड एफसी विरुद्ध २-१ को जित निकाल्ने क्रममा अहमद हिजाजीले ९०औं मिनेटमा गोल गरेका थिए भने बुटवल लुम्बिनी विरुद्धको जितमा अफिज ओलावालेले इन्जुरी समयमा गोल गर्दै जित निकालेका थिए।

ललितपुर भने यस संस्करणको उपाधि दाबेदार मानिएको टोली हो। पोखरा सँग दुई महत्वपूर्ण खेलाडी – सनिश श्रेष्ठ र पापा केबेलाई पहिलो हाफमा नै इन्जुरीका कारण गुमाएको ललितपुरलाई गोल गर्न कठिन भएको थियो। युरोपियन लिगहरुको अनुभव गरिसकेका इमोह इजिकिएल विंगर भएपनि केबेको इन्जुरीका कारण स्ट्राइकर खेलेका कारण खासै प्रभावशाली देखिएका थिएनन्।

पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गर्दै बुटवल लुम्बिनी विरुद्ध जित निकालेको लाखे टोलीले आज सोही प्रदर्शन दोहोर्याउने प्रयासमा हुने छ।

March 3, 2024

इन्टर मियामीको सानदार जित

एजेन्सी – मेजर लिग क्लब टोली इन्टर मियामीले आज बिहान भएको खेलमा सानदार जित निकालेको छ । इन्टर मियामीले अर्को फ्लोरिडाको टोली ओरल्याण्डो सिटी विरुद्ध ५-० को जित निकालेको हो । मियामीको जितमा लुइस सुआरेज र लियोनेल मेस्सीले २-२ गोल गरे । अर्को एक गोल रोबर्ट टेलरले एक गोल गरे । खेलको चौथो मिनेटमा नै […]

March 3, 2024

भिनिसियसको दुई गोलमा रियल हारबाट जोगियो

एजेन्सी – ब्राजिली युवा फरवार्ड भिनिसियस जुनियरको दुई गोल सहयोगमा शीर्षस्थानमा रहेको रियल म्याड्रिड स्पेनिस ला लिगामा हारबाट जोगिएको छ । खेलको अन्त्यतिर १० खेलाडीमा समेटिएको दुई गोलले पछि परेको स्थितिमा भिनिसियसले दुई गोल गर्दा रियलले घरेलु टोली भ्यालेन्सियासँग २–२ गोलको बराबरी खेल्दै अंक खोस्न सफल भएको हो । भ्यालेन्सियामा शनिबार राति भएको खेलमा घरेलु […]

March 3, 2024

न्यूक्यासलको सानदार जित, चेल्सी रोकियो

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा न्यूक्यासल युनाइटेडले सानदार जित दर्ता गर्दा लन्डन क्लब चेल्सी बराबरीमा रोकिएको छ ।न्यूक्यासलले घरेलु मैदानमा वल्भ्समाथि ३–० को जित दर्ता गरेको हो । सेन्ट जेम्स पार्कमा शनिबार राति भएको खेलमा घरेलु टोलीको जितमा एलेक्सान्डर इसाक, एन्थोनी गोर्डन र भालेन्टिनो लिब्रामेन्टोले गोल गरे । १४औं मिनेटमा इसाकको गोलबाट अग्रता लिएको न्यूक्यासलले […]

Success

Thank you for your time.