2 years ago
December 2, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) शनिबारको पहिलो खेलमा पोखरा थन्डर्सले झापा एफसी विरुद्ध मध्यान्तरसम्म अग्रता बनाएको छ।

पोखराले मोसेस ग्याबाको गोलको मद्दतले १-० को अग्रता बनाएको हो। खेलमा झापाको नै वर्चस्व रहेको छ। धेरै मौकाहरु बनाएपनि झापाले मौकाको सदुपयोग भने गर्न सकेको छैन। पोखराले भने खेलमा धेरै मौकाहरु सृजना गर्न नसकेपनि खेलमा अग्रता भने बनाएको छ।
सातौं मिनेटमा पोखराका सुरज जिउ ठकुरीको क्रस झापाका गोलरक्षक स्टेफन कुपिचले पन्च गरिदिए। आठौं मिनेटमा झापाका सुमित श्रेष्ठले फरवार्ड जोर्गे सान्चेजका लागि खेलेको थ्रु-पास स्पेनिस स्ट्राइकर पुग्नु अघि पोखरा गोलरक्षक यभ्स प्रिसोले बचाए।
१०औं मिनेटमा झापाका फर्नान्डो टोरसले बक्स बाहिरबाट गरेको प्रहार प्रिसोले सहजै समाते। ११औं मिनेटमा झापाले राम्रो मौका गुमायो। आवास लामिछानेको थ्रु-पासमा प्रदीप लामाले राम्रो रन बनाएका थिए तर उनले प्रहार नगरी लक्ष्मण रूचालका लागि खेलेको क्रसमा लक्ष्मण प्रहार गर्न पुगेनन्।
१२औं मिनेटमा अन्जन विष्टको क्रसमा लक्ष्मणले नै बललाई पोस्टको बाहिर प्रहार गरें। प्रिसोले बल बाहिर जाने आँकलन गर्दै छोडिसकेका थिए टर लक्ष्मणले बललाई जालिमा प्रहार गर्न सकेनन्। १३औं मिनेटमा प्रदीप लामाको प्रहार प्रिसोले सहजै समाते।
झापाले मौका बनाइरहेको बेलामा पोखराले भने अर्को तिर अग्रता लियो। १९औं मिनेटमा जो आईडूको क्रसमा मोसेस ग्याबाले हेडर मार्फत गोल गर्दै अग्रता बनाएका हुन्।
२३औं मिनेटमा झापाका समान्दार ओचिलोभको फ्रिकीकले वाल कटाउन सकेन। २४औं मिनेटमा टोरेसको बक्स बाहिरबाट गरेको प्रहार सिधै प्रिसोको हातमा गयो। ३६औं मिनेटमा झापाका विशाल बस्नेतको क्रस् प्रिसोले फुत्काएपनि दिनेश राजवंशीले क्लियर गरे।
३८औं मिनेटमा झापाले पेनाल्टीमा अपील गरेको थियो। अन्जनको क्रसमा लक्ष्मण रूचालले लिएको प्रहार अन्जल महर्जनको हातमा लागेको थियो। तर रेफ्रीले पेनाल्टी दिन मानेनन् र केही आक्रोसित देखिएका लक्ष्मणले पहेँलो कार्ड पाए।
पहिलो हाफको अन्त्यतिर पोखरा अग्रता दोब्बर बनाउनबाट चुक्यो। प्रिसोले खेलेको लामो बल पन्च गर्न अगाडि आएका कुपिचले पन्च गरेको बल सिधै स्टेफन अन्नोरको खुट्टामा पुगेको थियो। उनले गरेको प्रहार पोस्टमा लागेर फर्कियो।
पोखराको यो तेस्रो खेल हो। पछिल्लो दुई खेलमा पोखराले एकमा जित र एकमा बराबरी गरेको थियो। दोस्रो खेल खेलिरहेको झापाले भने पहिलो खेलमा हार बेहोरेको थियो।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]