2 years ago
December 2, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिगको दोस्रो संस्करण अन्तर्गत जारी दिनको दोस्रो खेलमा धनगढी एफसी र ललितपुर सिटी एफसीले गोलरहित बराबरी खेलेका छन् ।

सुरुवाती दुवै खेलमा अपराजित दुई टोलीले पहिलो हाफमा गोल गर्न सकेनन् । खेलमा धनगढीले बलियो सुरुवात गरेपनि गोलको सटिक अवसर सिर्जना गर्न सकेन । खेल अघि बढेसँगै ललितपुरले बल पोसेसनमा दबदबा कायम गर्यो । भारतीय मिडफिल्डर निखिल कदमको हेडर क्रसबारमा लाग्दा ललितपुर अग्रता लिनबाट चुकेको थियो ।
खेलको तेस्रो मिनेटमा धनगढीका कमल श्रेष्ठको फ्रिकिक ललितपुर गोलरक्षक जेफ्री बाल्टुसले पन्च गरिदिए। सातौं मिनेटमा कमलकै कर्नरले आफ्नो टिममेट भेटाउन सकेन। नवौं मिनेटमा धनगढीकै मनोज राईको लामो थ्रो-इनमा ओलावाले अफिजले राम्रो मौका पाएका थिए। तर उनको प्रहार ब्लक हुन पुग्यो।
ललितपुरका दिनेश हेन्जनले दशौं मिनेटमा दाहिने फ्लान्कबाट गरेको रनमा उनी लडाईएका थिए तर रेफ्रीले फाउल दिएनन्। १२औं मिनेटमा ललितपुरका ओमोलाजा करिमको फ्रिकिक धनगढी गोलरक्षक मोहम्मद ताहाले पन्च गरिदिए।
२०औं मिनेटमा ललितपुरका निखिल कदमको पासमा दिनेशको लागि मौका सिर्जना भएको थियो। तर उनले बक्स भित्र बल लागेर प्रहार गर्नुअघि आशिष चौधरीले बल क्लियर गरिदिए।
३४औं मिनेटमा ललितपुर अग्रताको निकै नजिक पुगेको थियो । अनन्त तामाङको लामो पासमा निखिल कदमको हेडर क्रसबारमा लागेर फर्कियो । क्रसबारमा लगेर फर्किएको बलले ताहालाई लागेपनि उनले तुरुन्त पछि फर्केर बललाई गोललाइन पार हुन दिएनन् । यही पहिलो हाफको सबैभन्दा राम्रो अवसर थियो ।
धनगढीको दुई खेलमा ६ अंक रहँदा ललितपुरको समान दुई खेलमा ४ अंक रहेको छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]