2 years ago
December 3, 2023
एजेन्सी – शीर्षस्थानमा रहेको रियल म्याड्रिडले स्पेनिस ला लिगामा सहज जित हात पारेको छ । रियल घरेलु मैदानमा ग्रानडामाथि २–० को सहज जित हात पारेको हो ।

सान्टियागो बर्नबेउमा शनिबार राति भएको खेलमा रियलको जितमा ब्राहिम डियाज र रोड्रिगोले गोल गरे । १५औं मिनेटमा बेलिङहमको क्रसलाई रोड्रिगोले भेट्टाउन सकेन । १७औं मिनेटमा ग्रानडाले अग्रता लिने मौका गुमायो । ब्रायन जारागोजाको फ्रिकिक पोस्ट नजिकैबाट बाहिरियो ।
२६औं मिनेटमा डियाजले गोल गर्दै रियललाई १–० को अग्रता दिलाए । ग्रानडाको पेनाल्टी बक्सबाहिर आँफैले दिएको लो क्रसलाई टोनी क्रुसले चलाखीपूर्ण रुपमा दिएको पासमा उनले दुई डिफेन्डर र गोलरक्षक राहुल फर्नान्डेजलाई बिट गर्दै सहज फिनिस गरे ।
४२औं मिनेटमा जुड बेलिङहम चुक्दा रियल अग्रता दोब्बर पार्नबाट चुक्यो । ५७औ मिनेटमा रोड्रिगोले गोल गर्दै रियलको अग्रता दोब्बर पारे । डियाजकै क्रसमा बेलिङहमको प्रहारलाई ग्रानडाका गोलरक्षक फर्नान्डेजले पञ्च गरेपनि नजिकै रहेका रोड्रिगोले रिवाउन्डमा गोल गर्न सफल भए ।
७४औं मिनेटमा बेलिङहमको पासमा फेडे भाल्भेर्डेको प्रहारलाई गोलरक्षकले बचाए । ९०औं मिनेटमा निकोलस पाजको हाफ भली प्रहारले पोस्टको दिशा लिन सकेन । इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा पाजकै हाफ भली प्रहार पनि सदुपयोग हुन सकेन ।
यस जितसँगै रियल शीर्षस्थानमा कायम छ । रियलले जिरोनालाई हेड टु हेड र गोल अन्तरमा पछि पारेको छ । रियलको १५ खेलबाट १२ जित, २ बराबरी र १ हारका साथ ३८ अंक छ । जिरोनाको पनि समान खेलबाटै समान अंक छ । पराजित ग्रानडा १५ खेलबाट ७ अंक जोडेर १९औं स्थानमा छ ।
जिरोनाले शनिबार राति नै भ्यालेन्सियालाई २–१ ले पराजित गर्दै यो सिजन आफ्नो उच्च प्रदर्शनलाई निरन्तरता दिएका छन् । जिरोनाको जितमा दुवै गोल क्रिष्टिएन स्टुआनीले गरे । भ्यालेन्सियाका ह्युगो डुरोले एक गोल फर्काए । पराजित भ्यालेन्सिया १५ खेलबाट १९ अंक जोडेर नवौं स्थानमा छ ।
ला लिगाकै अन्य खेलमा एथलेटिको बिल्वाओले रायो भालेकानोलाई ४–० ले पराजित गर्दा ओसासुना र रियल सोसिडाडले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]