2 years ago
December 3, 2023
एजेन्सी – बुकायो साका र मार्टिन ओडेगार्डको गोलमा शीर्षस्थानमा रहेको लन्डन क्लब आर्सनलले इंग्लिस प्रिमियर लिगमा जित दर्ता गरेको छ ।

घरेलु मैदानमा आर्सनलले वल्भ्समाथि २–१ को जित निकाल्दै आफ्नो शीर्षतालाई बलियो बनाएको हो । वल्भ्सका म्याथिअस कुन्हाले एक गोल फर्काए ।
इमिरेट्स स्टेडियम लन्डनमा शनिबार राति भएको खेलमा घरेलु टोली आर्सनलले १३ मिनेटभित्रै दुई गोलको अग्रता लिएको थियो । त्यही अग्रता जोगाउँदै आर्सनलले महत्वपूर्ण ३ अंक बटुल्न सफल भयो ।
छैटौं मिनेटमा बुकायाे साकाले गोल गर्दै आर्सनललाई १–० को अग्रता दिलाए । उनले ताकेहिरो तोमियासुको पासलाई सदुपयोग गरे । १३औं मिनेटमा ओलेक्सान्डर जिनचेन्कोको पासमा मार्टिन ओडेगार्डले गोल गर्दै आर्सनलको अग्रता दोब्बर पारे ।
८६औं मिनेटमा म्याथिअस कुन्हाले नेल्सन सेमेडोको पासमा गोल गर्दै खेललाई २–१ को स्थितिमा वल्भ्सलाई खेलमा फर्काउने संकेत दिएपनि त्यसपछि थप गोल निस्कन नसक्दा आर्सनल विजयी हुन सफल भयो ।
यस जितसँगै शीर्षस्थानमा रहेको आर्सनलको १४ खेलबाट १० जित, ३ बराबरी र १ हारबाट ३३ अंक पुगेको छ । आर्सनलले एक खेल कम खेलेको म्यानचेस्टर सिटीलाई ४ अंकले पछि पारेको छ । पराजित वल्भ्स १५ अंकसहित १३औं स्थानमा छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]