2 years ago
December 3, 2023
एजेन्सी – न्यूक्यासल युनाइटेडले इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ । न्यूक्यासलले घरेलु मैदानमा युनाइटेडलाई १–० ले पराजित गरेको हो ।

न्यूक्यासलको जितमा दोस्रो हाफमा एन्थोनी गोर्डनले गरेको गोल नै निर्णायक बन्यो । सेन्ट जेम्स पार्क न्यूक्यासलमा शनिबार राति भएको खेलमा गोर्डनले ५५औं मिनेटमा गोल गर्न सफल भएका थिए ।
खेलमा पनि घरेलु टोली न्यूक्यासलले नै पकड जमाएको थियो । युनाइटेडले केही आक्रमण बुनेपनि न्यूक्यासलको बलियो रक्षापङ्ति तोड्न नसक्दा पराजित हुन पुग्यो ।
११औं मिनेटमा एलेहान्द्रो गर्नाचोको प्रहारलाई न्यूक्यासलका गोलरक्षक पोपले बचाए । १७औं मिनेटमा लेविस मिलेको प्रहारलाई युनाइटेडका गोलरक्षक आन्द्रे ओनानाले डाइभ दिदै बचाए ।
२०औं मिनेटमा एलेक्सान्डर इसाकको प्रहारलाई ह्यारी मगाएरले ब्लक गर्दै युनाइटेडको संकट टारे । ३९औं मिनेटमा काइरन ट्रिपिएरको फ्रिकिक बारमा लाग्दै बाहिरिदा न्यूक्यासल अग्रता लिनबाट चुक्यो ।
५५औं मिनेटमा एन्थोनी गोर्डनले गोल गर्दै न्यूक्यासललाई १–० को अग्रता दिलाए । ७८औं मिनेटमा न्यूक्यासलले पेनाल्टी अपिल गरेपनि रेफ्रीले त्यसलाई आफ्नो ध्यानमा राखेनन् । ८२औं मिनेटमा लुका साको कर्नरमा सर्जियो रिगुइलनको हेडरलाई फावियन स्चरले क्लियर गरिदिदा युनाइटेड बराबरीबाट चुक्यो ।
यस नतिजासँगै म्यानचेस्टर युनाइटेडले सन् १९२२ पछि न्यूक्यासलसँग लगातार तीन खेलमा हार बेहोरेको छ । युनाइटेड यसअघि गत अप्रिलमा भएको प्रिमियर लिगमा २–० ले तथा नोभेम्वरमा भएको इएफएल कपमा ३–० ले पराजित भएको थियो ।
यस जितसँगै न्यूक्यासल १४ खेलबाट २६ अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ । पराजित युनाइटेड २४ अंक जोडेर सातौं स्थानमा झरेको छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]