default_image

2 years ago

December 3, 2023

युरोको एउटै समूहमा स्पेन, इटाली र क्रोएसिया

2541 views

0 Bookmark

एजेन्सी – युईएफए युरो कप २०२४का लागि समूह विभाजन सम्पन्न भएको छ । जर्मनीको ह्यामवर्ग सहरमा भएको ड्र समारोहबीच अर्को वर्ष हुने प्रतियोगिताको समूह विभाजन सम्पन्न भएको हो ।

२४ टोलीलाई छनोटको प्रदर्शनका आधारमा चार वटा पटमा विभाजन गरिएको थियो । हरेक पटबाट एक टोली गरी ४ टोली एक समूहमा रहने छन् ।

जर्मनी आयोजक भएका कारण छनोटमा सहभागी थिएन र समूह ए मा आफ्नो स्थान बनाइसकेको थियो । त्यसबाहेक अरु टोलीका लागि भने ड्र बाट आफ्नो समूह र समूहमा रहेका टोलीको टुंगो लागेको छ । थप तीन टोलीको भने नेसन्स लिग प्लेअफ बाट टुंगो लाग्न बाँकी छ ।

छ समूहबाट शीर्ष दुई टोली र चार उत्कृष्ट तेस्रो स्थान हासिल गर्ने टोली अन्तिम १६ मा प्रवेश गर्ने छन् । इटाली युरो कपको साविक विजेता हो ।

समूहहरू:

समूह ए: जर्मनी स्कटल्याण्ड, हंगेरी, स्विट्जरल्याण्ड

समूह बि: स्पेन, क्रोएसिया, इटाली, अल्बानिया

समूह सि: स्लोभेनिया, डेनमार्क, सर्बिया, इंग्ल्याण्ड

समूह डी: नेदरल्याण्ड्स, अष्ट्रिया, फ्रान्स, प्लेअफ टोली (पोल्याण्ड, वेल्स, फिनल्याण्ड, एस्टोनिया मध्य एक)

समूह ई: बेल्जियम, स्लोभाकिया, रोमानिया, प्लेअफ टोली (इजरायल, बोस्निया & हर्जगोभिना, युक्रेन, आइसल्याण्ड मध्य एक)

समूह एफ: टर्की, पोर्चुगल, चेकीया, प्लेअफ टोली (जर्जिया, ग्रीस, कजाकिस्तान, लक्जमबर्ग मध्य एक)

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.