default_image

2 years ago

December 3, 2023

एरिकको उत्कृष्ट फ्रिकिक गोलमा बुटवलको पहिलो जित

1133 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अन्तिम समयमा मार्की खेलाडी एरिक विष्टको उत्कृष्ट फ्रिकिक गोलको मद्दतले बुटवल लुम्बिनी एफसीले नेपाल सुपर लिगको दोस्रो संस्करणमा स्पोर्टिङ इलामविरुद्ध २-१ को जित हासिल गरेको छ ।

खेल १-१ को अवस्थामा रहेको बेलामा उनले झन्डै ३५ यार्ड टाढाबाट फ्रिकिकमा उत्कृष्ट गोल गर्दै आफ्नो टोलीको पहिलो जित पक्का गराए ।

खेल अवधिभर इलामले नै खेलमा बढी बल राख्यो र अवसरहरू सृजना गर्यो। दोस्रो हाफको सुरुवातमै गोल खाएको इलामले पेनाल्टी मार्फत बराबरी गर्ने मौका समेत गुमाएको इलामले त्यसपछि भने बराबरी गर्न सफल भयो। तर खेलको अन्त्यतिर एरिक विष्टले उत्कृष्ट गोल गर्दै बुटवलको जित सुनिश्चित गर्यो।

खेलको सुरुवाती समयमै इलामले केही मौका खेर फाल्यो। दोस्रो मिनेटमा नै इब्राहीम जितेले फोडे कमाराले हेडर पोस्टतर्फ प्रहार गर्न सकेनन्। तेस्रो मिनेटमा कमाराको क्रसमा भरत खवासले पोस्टमा प्रहार गरे। कमाराको लो क्रसमा खवासको प्रयास पोस्टमा लागेर फर्कियो।

सातौं मिनेटमा बुटवलका एरीक विष्टको फ्री विकेश कुथुले पन्च गरिदिए। १०औं मिनेटमा इलामका दिपेश घलेको क्रसमा अमाथ एनडवको हेडर पोस्टको माथिबाट बाहिरियो।

१२औं मिनेटमा बुटवलका सरोज तामाङको फ्रिकिक पुनः विकेशले पन्च गरे। १३औं मिनेटमा बुटवलले ठूलो मौका खेरा फाल्यो। जिलेस्पी जंग कार्कीले बायाँ फ्लांकमा एकल रन बनाएर स्टेफन बिनोङलाई दिएको पास बिनोङले प्रहार नगरी नियन्त्रणमा लिन खोजेपछि मौका खेरा गयो।

१५औं मिनेटमा बुटवलका आन्द्रे बियिकले क्लियर गर्न खोजेको बल उनकै पोस्ट तर्फ फर्कियो टर एनडवले प्रहार गर्न नखोजेपछि मोहमडुले पन्च गरिदिए। १८औं मिनेटमा दिपेश घलेको अर्को क्रसमा पनि एन्डवको हेडर पोस्ट माथि गयो।

२६औं मिनेटमा कमाराको पासमा एन्डवको प्रहारले पोस्टको दिशा लिन सकेन। २७औं मिनेटमा उनकै फ्रिकिक पोस्टको केही टाढाबाट बाहिरियो। ३६औं मिनेटमा बुटवलका अशोक थापाको क्रस विकेशले सहजै समाते। ३९औं मिनेटमा इलामका जितेको फ्रिकिक पनि गोलपोस्टको माथिबाट बाहिरियो।

४२औं मिनेटमा बिनोङको भली प्रहारले विकेशलाई समस्या दिन सकेन। ४५औं मिनेटमा मणी कुमार लामाको कर्नरमा बिनोङको हेडर विकेशले बचाए।

४७औं मिनेटमा सर्ज संगको क्रसलाई आशिष गुरुङले क्लियर गरिदिए।

४९औं मिनेटमा बुटवलले खेलमा अग्रता लियो। जिलेस्पी जंग कार्कीले दिपेश घलेको ट्याकल बिट गरेर बिनोङलाई दिएको पासमा उनले सिक्स-यार्ड बक्सको छेउबाट सहजै गोल गरे।

५४औं मिनेटमा संगको क्रसमा। जिलेस्पी पुग्न सकेनन्।

५७औं मिनेटमा इलामले बराबरी गर्ने ठूलो मौका खेरा फाल्यो। कमाराको पासमा एनडवले वान अन वान मौका पाएका थिए तर उनको प्रहार मोहमडुको सिधै जाना पुग्यो। रिबाउन्डमा भने इलामले पेनाल्टीमा बराबरी गर्ने अवसर पायो। बिइकले दिपेश घले माथि फाउल गरेपछि इलामले पेनाल्टी पाएको थियो। तर पेनाल्टीमा कमारा चुके। उनको प्रहार मोहमाडुले बचाए।

पेनाल्टीमा गोल गर्न नसकेपनि इलामले लगातार बल आफूसँग राखिरहेको थियो। ६९औं मिनेटमा एनडवको क्रसमा अब्डुल्ज बाले सिक्स यार्ड बक्स भित्रबाट गोल गर्न सकेनन्।

७५औं मिनेटमा बिनोङ बक्समा लडेपछि बुटवलले पेनाल्टीमा अपील गरेको थियो। तर रेफ्रीले बिनोङलाई नै पहेँलो कार्ड देखाए। ७६औं मिनेटमा बुटवलका गौरव श्रेष्ठले बल क्लियर गर्न खोज्दा बल पोस्टमा लागेर बाहिर गयो।

७७औं मिनेटमा कमाराको प्रहार मोहमडुले बचाएपछि रिबाउन्डमा बाको प्रहार पनि उनले नै बचाए।

७८औं मिनेटमा भने खेलमा लगातार दवाव बनाइरहेको इलामले बराबरी गर्यो। सन्तोष खत्रीले बक्स बाहिरबाट लिएको प्रहार क्रसबारमा लागेर फर्किएपछि रिबाउन्डमा अब्डुल्ज बाले सहजै गोल गरेका थिए।

८३औं मिनेटमा बुटवलका बिइकको हेडरले पोस्टको दिशा लिन सकेन। ८६औं मिनेटमा इलामका नवीन लामाको फ्रिकिक मोहमडुले बचाए।

८८औं मिनेटमा भने एरीक विष्टले उत्कृष्ट फ्रिकिक गोल गर्दै बुटवलका लागि जित सुनिश्चित गरे। करिब ३५ यार्ड टाढाबाट उनले विकेश कुठुको बायाँ तर्फको कर्नरमा प्रहार गरेको फ्रिकिक्मा विकेशले प्रयास गरेपनि गोल रोक्न सकेनन्।

जित पछि बुटवलले यस संस्करणमा पहिलो अंक समेत हात पारेको छ। बुटवलको तीन खेलमा तीन अंक नै रहेको छ। इलामको पनि तीन खेलमा तीन अंक नै रहेको छ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.