2 years ago
December 3, 2023
दिपक बोहरा ,पाँचथर
झापाको बिर्तामोड युनाइटेड कठिन जित निकाल्दै पाँचथरमा जारी प्रथम किराँत गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

फिदिम माविको खेलमैदानमा आइतबार इलामको रेडहर्स क्लबलाई १-० ले बिर्तामोड सेमिफाइनलमा पुगेको हो । श्याम मुर्मुको गोलमा बिर्तामोड विजयी भएको थियो ।
बिर्तामोड युनाइटेडले अनुभवी खेलाडी योगेश गुरुङ र ‘बि’डिभिजन खेलेका युवा खेलाडी सम्मिलित टोली उतारेको थियो ।
खेलको २२ औं मिनेटमा मुर्मुले गरेको गोलनै झापालाई जित दिलायो । खेलको ३० औं मिनेटमा बिर्तामोडका प्रदिप बुढाथोकिले वान भर्सज वानको स्थितमा गोल गर्न चुके ।
दोस्रो हाफमा इलामले लगातार आक्रमण बुने पनि गोल गर्न नसक्दा टोली निराश बन्यो । इलामले दोस्रो हाफमा लगातार गोल गर्ने अवशर गुमाएको थियो । खेलको ८४ औं मिनेटमा बिर्तामोडका योगेशको प्रहार इलामका गोलरक्षकले मुस्किलले बचाए ।
बिर्तामोडले फाइनल प्रबेशका लागी कणर्सिं सोनाम स्मृति क्लब र हिमालय शेर्पाबीचको विजेता सँग खेल्नेछ ।
विजयी गोल गरेका झापाको मुर्मु खेलको म्यान अफ दि म्याचे घोषित भए र उनले ५ हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगिततको विजेताले ४ लाख ४ हजार ४ सय ४४ रुपैयाँ र दोस्रो टोलीले २ लाख २ हजार २ सय २२ रुपैयाँ प्राप्त गर्नेछन् ।
किराँत गोल्डकपमा सोमबारको खेल
डागीहाट फुटबल क्लब,मोरङ र दार्जिलिङ युनाइटेट क्लब,भारत
समय – दिउँसो १ः३० बजे
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]