2 years ago
December 4, 2023
एजेन्सी – इंग्लिश प्रिमियर लिग अन्तर्गत आईतबार साँझ भएको खेलमा लिभरपुलले फुलहम विरुद्ध ४-३ को रोमाञ्चक जित निकालेको छ ।

घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलले अन्तिम समयमा ३-२ ले पछि परेको अवस्था उल्ट्याउँदै ४-३ को जित निकालेको हो । खेलमा लिभरपुलले २०औं मिनेटमा अग्रता लिएको थियो । ट्रेन्ट अलेकज्याण्डर-आर्नोल्डको फ्रिकिक क्रसबारमा लागेर फर्किदा फुलहम गोलरक्षक लेनोलाई लागेर पोस्टमा छिरेको थियो ।
फुलहमले २४औं मिनेटमा लिभरपुलकै पूर्व खेलाडी ह्यारी विल्सनको गोलमा बराबरी गोल गर्यो । उनले एन्टोनी रोबिन्सनको पासम गोल गर्दै बराबरी गरेका थिए ।
३८औं मिनेटमा लिभरपुलले पुनः अग्रता लियो । एलेक्सिस मक-यालिस्टरले ३० यार्ड टाढाबाट गरेको प्रहराले जालि चुमेको थियो। तर यो अग्रता पनि धेरै बेर टिक्न सकेन । टेटेले पहिलो हाफको अन्त्यतिर गोल गर्दै खेललाई पुनः बराबरीमा ल्याए ।
८०औं मिनेटमा बबी रिडले गोल गर्दै खेलमा फुलहमलाई अग्रता दिलाए । तर लिभरपुलले अन्तिम समयमा दुई गोल गर्दै जित निकाल्यो ।
८७औं मिनेटमा वटारु एन्डोले बक्स बाहिरबाट गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसको एक मिनेट पछि नै अलेकज्याण्डर-आर्नोलले बक्सको छेउबाट सुन्दर गोल गर्दै जित सुनिश्चित गरे ।
जित पछि लिभरपुल १४ खेलमा ३१ अंक सहित दोस्रो स्थानमा छ । पराजित फुलहम भने १४ खेलमा १५ अंक सहित १४औं स्थानमा छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]