default_image

2 years ago

December 5, 2023

पुरानो बाँकी रकम भुक्तानीपछि मात्र ‘बी’ डिभिजन लिग हुने

798 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– तयारीको पुरानो रकम चुक्ता भएपछि मात्र सहिद स्मारक बी डिभिजनको नयाँ मिति तय गर्ने विषयमा छलफल अघि बढाइनेमा अखिल नेपाल फुटबल संघ (एन्फा) र बी डिभिजन क्लब प्रतिनिधि सहमत भएका छन् ।

दुई वर्षअघिको बी डिभिजन लिगको तयारी खर्च मध्ये अधिकांश क्लबले समान ६ लाख ५० हजार रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको छ । १४ मध्ये रानीपोखरी कर्नर टिम (आरसिटी) र श्रीकुमारी क्लबले बाहेक अन्य क्लबले रकम पाउन बाँकी छ ।

एन्फा प्रवक्ता सुरेश शाहका अनुसार १० क्लबलको भुक्तानीका लागि प्रक्रिया अघि बढिसकेको र २ क्लबको बिल भर्पाइ नमिलेको बताएका छन् । ‘फिफामा १० क्लबको भुक्तानीको प्रक्रिया अघि बढिसकेको छ । चाँडै भुक्तानी हुन्छ भन्ने विश्वास छ,’ उनले भने,‘अन्य दुई क्लबलाई पनि बिल मिलाउन भनेका छौं ।’

शाहले अर्को बैठक बसेर बी डिभिजनको मिति तय गर्ने सहमति भएको जनाए ।

तर बी डिभिजन लिगका संयोजक कुमार राजभण्डारीले भने सबै क्लबको भूक्तानी नभएसम्म नयाँ मिति तय नहुने बताए ।‘ हामीले एन्फालाई प्रष्ट रुपमा भनेका छौं । सबैको भुक्तानी नभएसम्म हामी बी लिग हुन सक्दैन,’ उनले भने,‘दुई वर्षअघिको बिलभपाई मिलेन भनेर अहिले भनेर अहिले कसरी मिल्छ । हाम्रो माग सबै क्लबको पुरानो तयारी खर्च चुक्ता हुनुपर्छ । त्यसपछि अरु विषय अघि बढ्न सक्छ ।’

छलफलमा एन्फा उपाध्यक्ष दावा लामा, महासचिव किरण राई, सह महासचिव अरुणमान जोशी, प्रवक्ता शाह, सदस्य पुरुषोत्तम थापा, विकास नारायण श्रेष्ठ र १४ क्लबका प्रतिनिधिको सहभागिता थियो ।

एन्फाले छलफलमा क्लब फिफाको क्लब लाइसेन्सिङ, एन्टी डोपिङ र इन्टिग्रिटी बी डिभिजनमा लागू गर्ने विषयमा पनि छलफल अघि बढाएको थियो । क्लब प्रतिनिधिहिरुले भने वर्षमा एक पटक लिग मात्र खेल्ने बी डिभिजन क्लबलाई क्लब लाइसेन्सिङमा जाने विषय सहज नहुने बताएका थिए ।

प्रतिनिधिहरुले बी डिभिजनका लागि अन्य प्रतियोगिता बढाएको खण्डमा लाइसेन्सिङमा जाने विषयमा छलफल गर्न सकिने विचार राखेको संयोजक राजभण्डारीले बताए । यसपटकको लिगको तयारीका लागि एन्फाले प्रत्येक क्लबलाई १४ लाख ५० हजार रुपैयाँ दिने यसअघि नै जनाएको छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.