2 years ago
December 5, 2023
काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर सिटी फुटबल क्लबले नेपाल सुपर लिग २ अन्तर्गत वीरगन्ज युनाइटेड एफसीविरुद्ध जारी खेलको पहिलो हाफमै पुनरागमनसहित अग्रता लिएको छ । पहिलो हाफमा ललितपुर २-१ ले अघि छ ।

दशरथ रंगशालामा वीरगन्जले खेलमा सुरुवाती अग्रता बनाएपनि ललितपुरले लगातार दबाब कायम राख्दै अग्रता लिन सफल भयो । खेलको पहिलो मिनेटदेखि नै वीरगन्जको डिफेन्समाथि आक्रमण बुनेको ललितपुर काउन्टर अट्याकमा गोल खाँदै पछि परेको थियो । तर निरन्तर आक्रमण कायम राख्दै ललितपुरले लगातार दुई गोल थप्यो । जारी सिजन पहिलो हाफमा ३ गोल भएको यो पहिलो अवसर हो ।
तेस्रो मिनेटमा वीरगन्जका सुनिल खड्काको क्रसमा विलियम ओपोकुको हेडर पोस्टको दिशामा गएन । लगत्तै सनिष श्रेष्ठको क्रसमा दिनेश हेन्जनले बक्स भित्रबाट प्रयास गरेको भलीमा चाहेजस्तो सम्पर्क बनाउन सकेनन् ।
पाँचौ मिनेटमा ललितपुरका ओमोलोजा करिमको फ्रिकिक ऐकिन्स बफुरले पोस्तमाथी क्लियर गरिदिए । सोही कर्नरमा अनन्त तामाङको हेडरमा दीप कार्कीले उत्कृष्ट बचाउ गरे ।
१०औं मिनेटमा वीरगन्जले विलियम ओपोकुको गोलमा अग्रता लियो । ओबेड ओसुवुको थ्रु-पास अनन्त तामाङले रोकेपछि ओपोकुले बक्सको छेउ बाट गरेको प्रहारमा ललितपुर गोलरक्षक जेफ्री बाल्टुसले कुनै मौका पाएनन् ।
सुरुवाती गोलको तीन मिनेट पछि नै ललितपुरले खेलमा बराबरी गर्यो । सेसेहाङ आङदेम्बेले मैदानको आफ्नै हाफबाट दिएको लामो पासमा इमोह इजीकीएलले जादजे गुस्टाभोलाई पछि पार्दै वान अन वान अवसरमा दीपलाई छक्याउँदै गोल गरे र खेल बराबरीमा ल्याए ।
१८औं मिनेटमा अनिल महर्जनले लामो दुरीबाट गरेको प्रहारले पोस्टको दिशा लिन सकेन । २४औं मिनेटमा इमोह र निखीलले लगातार दुई अवसर पाएका थिए तर दुवै प्रयासले डिफेन्स पार गर्न सकेन ।
२७औं मिनेटमा ललितपुरले अग्रता लियो । यसपटक भने जादजेले गम्भीर गल्ती गर्न पुगे । उनले दिनेशको पास नियन्त्रणमा लिन खोज्दा पेनाल्टी क्षेत्र बाहिर फुस्काएपछि निखिलले वान भर्सेस वान प्रहार गर्ने अवसर पाएका थिए । उनले बक्सको छेउबाट कमजोर दायाँ खुट्टाले गरेको प्रयासले जालि चुमेको थियो ।

३५औं मिनेटमा दिनेशले बक्सको बायाँ पट्टिबाट गरेको पासमा अनिल महर्जनले बलमा सम्पर्क बनाउन सकेनन् । ३७औं मिनेटमा वीरगन्जका भिषण गुरुङको क्रसमा ओसुवुको हेडर पोस्टको माथि बाट बाहिरियो । इन्ज्युरी समयको पहिलो मिनेटमा करीम ओमोलाजाले झन्डै ३० यार्ड टाढाबाट गरेको शक्तिशाली प्रहार गोलरक्षक दीपले दोस्रो प्रयासमा नियन्त्रण गरे ।
यो खेल जितेमा ललितपुर अंक तालिकाको शीर्ष स्थानमा उक्लनेछ । वीरगन्जलाई भने अंक तालिकाको पुछारबाट माथि आउन जित आवश्यक छ ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]