default_image

2 years ago

December 5, 2023

हिमालयन शेर्पालाई हराउँदै कर्ण सिंह सेमिफाइनलमा

492 views

0 Bookmark

दिपक बोहरा, पाँचथर
ताप्लेजुङको कर्ण सिंह सोनाम स्मृति क्लब पाँचथरमा जारी प्रथम किराँत गोल्डकपमा सेमिफाइनल प्रवेश गरेको छ । ए डिभिजन क्लब हिमालयन शेर्पालाई मंगलबार ४–३ ले हराउँदै कर्ण सिंह सोनाम अन्तिम चारमा पुगेको हो ।

कर्ण सिंहका लागि प्रविण जवेगुले २ तथा मन्जित येङ्देन र दिपेश लिम्बुले समान १ गोल गरे । हिमालयनका लागि ओस्कार, वसन्त ओझाले गोल गरे । एक गोल आत्मघाती भएको थियो ।

फिदिम माविको मैदानमा भएको अन्तिम क्वाटरफाइनलमा तेस्रो मिनेटमा मिन्जतको गोलबाट कर्ण सिंहले अग्रता लिएको थियो । ओस्कारले २१औँ मिनेटमा हिमालयनका लागि बराबरी गोल गरे । प्रविणको गोलमा ४० औं मिनेटमा कर्ण सिंहले पुनः अग्रता लिएको थियो । हिमालयनका लागि बसन्त ५१औं मिनेटमा बराबरी गोल गरे ।

२–२ गोलको बराबरी खेलमा कर्ण सिंहका लागि दिपेशले गोल गरेपछि टोलीले पुनः अग्रता लियो । ताप्लेजुङका आशिष लिम्बुले ६९औं मिनेटमा आत्मघाती गोल गरेपछि खेलमा तेस्रो पटक बराबरी भएको थियो । ७७औँ मिनेटमा प्रविणले गोल गरेपछि कर्ण सिंहको जित निश्ति भएको थियो ।

कर्ण सिंहका गोलकिपर आकाश लिम्बु म्यान अफ दी म्याच बने र उनले ५ हजार रुपैयाँ प्राप्त गरे । कर्ण सिंहले सेमिफाइनलमा झापाको बिर्तामोड युनाइटेडको सामना गर्नेछ ।

बुधबार पहिलो सेमिफाइनलमा आयोजक पाँचथर एफसी र मोरङको डाँगीहाट एफसीबीच प्रतिस्पर्धा हुनेछ । गोल्डकप विजेताले ४ लाख ४ हजार ४ सय ४४ र दोस्रो टोलीले २ लाख २ हजार २ सय २२ रुपैयाँ प्राप्त गर्नेछ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.