default_image

9 years ago

January 22, 2017

मनाङ मस्र्याङ्दी क्लब आहा राराको सेमिफाइनलमा

174 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)– सहज जितका साथ लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब १५ औं आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । धरान फुटबल क्लबलाई ४–१ ले हराउँदै साविक विजेता मनाङ उपाधि रक्षा गर्ने क्रममा अन्तिम चारमा पुगेको हो । मनाङले संकटा र बांगलादेशको फारसीगानीको बिजेतासँग सेमिफाइनल खेल्नेछ। दुई गोल गरेका सुजल श्रेष्ठ म्यान अफ द म्यात्च भए। 

mmc

मनाङको जितमा कप्तान अनिल गुरुङ र सुजल श्रेष्ठले समान २ गोल गरे भने धरानका लागि दीपक राईले गोल फर्काए । टोलीका ४ वटै गोलमा राष्ट्रिय टोलीका कप्तान समेत रहेका अनिलको भुमिका रह्यो । पोखरेली स्ट्राइकर अनिलको क्रसमा सुजलले ३३ औं मिनेटमा हेडमार्फ पहिलो गोल गरेका थिए । अनिलले ४१ औं मिनेटमा गोल गरे । उनले आफिज ओलावालेको क्रसमा अनिलले पहिलो बारमा गोल गरे । चोट मुक्त भएर फर्केका रोहित चन्दको क्रसमा अनिलले ५९ औं मिनेटमा गोल गरे । त्यसको ४ मिनेट नबित्दै अनिलकै क्रसमा विपक्षी गोलकिपर पूर्ण चेम्जोङ बिट भइसकेपछि सुजलले नजिकबाट गोल गरेका थिए । कमजोर प्रदर्शन गरेको धरानका लागि दीपक राईले ७२ औं मिनेटमा सान्त्वना गोल फर्काए ।

sujal-mom

२०५८ को क्याराभान गोल्ड कपसहित आहा रारा गोल्डकपमा मनाङले सबैभन्दा बढी ९ पटक फाइनल खेलेको छ । १४ औं सहभागितामा मनाङ एकपटक मात्र क्वार्टरफाइनल पुग्न सकेन । साविक विजेता मनाङले अहिले सम्म ४ पटक आहा रारा गोल्ड कपको उपाधि जितेको छ । रुस्लान थ्री स्टार र नेपाल पुलिस क्लबले पनि समान ४ पटक उपाधि जितेका छन् । सहारा क्लबले २०५८ पहिलो पटक आयोजना गरेको क्याराभान गोल्डकप जोड्दा पुलिसले पाँच पटक उपाधि जितेको छ ।

तीन क्लब मनाङ, पुलिस र थ्री स्टारबाहेक आयोजक सहारा र अफ्रिकन युनाइटेड क्लबले एक एक पटक उपाधि जितेका छन् । मनाङले २०७२ र त्यसअघि २०६०,२०६१ र २०६८ मा आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको थियो । पहिलो खेलमा एपिएफलाई १–० ले हराएको धरान प्रतियोगिताबाट बाहिरिएको छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.