default_image

2 years ago

December 6, 2023

इलाम र पोखरा दोस्रो जितको खोजीमा

476 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग २ अन्तर्गत बुधबार हुने एकमात्र खेलमा स्पोर्टिङ इलाम डे मेची एफसी र पोखरा थन्डर्स भिड्दैछन् ।

दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुने खेलमा दुवै टोली लिगको दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछन् । चौथो स्थानमा रहेको पोखराले ३ खेलमा १ जित र २ बराबरीको नतिजासँगै ५ अंक जोडेको छ । सातौं स्थानको इलामको ३ खेलमा १ जित र २ हारसँगै ३ अंक छ ।

इलामले पछिल्लो खेलमा बुटवल लुम्बिनीसँग २-१ को हार बेहोरेको थियो । पछिल्लो दुवै खेलमा पेनाल्टीमा गोल गर्न चुकेको इलामका प्रशिक्षक मेघराज केसीले खेलाडीले आफ्नो निर्देशन अनुसार नखेलेको भन्दै असन्तुष्टि जाहेर गरेका थिए ।

पोखराले पछिल्लो खेलमा झापा एफसीविरुद्ध अन्तिम मिनेटमा गोल खाँदै अंक बाँडेको थियो । उक्त खेलपछि रेफ्रीसँग विवाद गरेको कारण रातो कार्ड पाएका प्रशिक्षक नविन न्यौपाने आज टचलाइनमा हुने छैनन् । सहायक प्रशिक्षक राजेन्द्र तामाङले आज टोलीको जिम्मेवारी लिनेछन् ।

आजको खेल जितेमा पोखरा अंक तालिकाको शीर्ष स्थानमा उक्लनेछ । यता इलामलाई पनि दोस्रो स्थानमा उक्लने अवसर छ । हाल धनगढी ७ अंक जोड्दै अग्रस्थानमा छ ।

एनएसएलको सम्पूर्ण जानकारी यहाँ

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.