2 years ago
December 6, 2023
एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत मंगलबार राती भएको खेलमा पहिलो स्थानमा रहेको आर्सनलले नाटकीय जित दर्ता गरेको छ । अन्तिम समयमा गोल गर्दै आर्सनलले रोमाञ्चक खेलमा लुटन टाउनमाथि ४-३ को जित हासिल गरेको हो ।

आर्सनल जितमा डेक्लन राइस नायक भने । उनले इन्जुरी समयको सातौं मिनेटमा गोल गर्दै आर्सनलको जित पक्का गरे । यस सिजन रेलिगेसनमा पर्ने आँकलन गरिएको लुटनविरुद्ध आर्सनलले लगातार अग्रता बनाउँदै गुमाउन पुग्यो । तर अन्तिम समयमा राइस नायक बन्न पुगे ।
खेलमा सुरुवाती अग्रता आर्सनलले २०औं मिनेटमा लिएको थियो । बूकायो साकाको पासमा गाब्रिएल मार्टीनेलीले गोल गर्दै खेलमा अग्रता दिलाएका थिए। तर पाँच मिनेट पछि नै लुटनले बराबरी गर्यो ।
अल्फि डौटीको कर्नरमा गाब्रिएलओसोले हेडर गोल गर्दै खेल बराबरीमा ल्याए । पहिलो हाफको अन्त्यतिर आर्सनलले खेलमा पुनः अग्रता लियो । बेन ह्वाइटको क्रसमा गाब्रिएल जिससले हेडर गोल गर्दै खेललाई २-१ को स्थितिमा पुर्याए ।
दोस्रो हाफको चार मिनेटमै लुटन पुनः बराबरी गर्न सफल भयो । डौटीकै कर्नरमा इलाइजाह अडेबायोले हेडर गोल गर्दै खेललाई २-२ को स्थितिमा पुर्याए ।
लुटनले ५७औं मिनेटमा खेलमा अग्रता लियो । एन्ड्रोस् टाउनस्एन्डको पासमा रस बार्कलिले गोल गर्दै खेलमा घरेलु टोलीलाई अग्रता दिलाए ।
तर फेरि पनि खेल बराबरीमा आउन धेरै समय लागेन । ६०औं मिनेटमा जिससको पासमा काई हाभर्टजले गोल गर्दै खेललाई ३-३ को स्थितिमा पुर्याए ।
त्यसपछि खेलमा गोल आउन चाहिँ अन्तिम समय कुर्नुपर्याे । मार्टिन ओडेगार्डको क्रसमा राइसले हेडर मार्फत गोल गर्दै खेलमा आर्सनललाई जित दिलाए ।
जितपछि आर्सनलको १५ खेलमा ३६ अंक भएको छ । दोस्रो स्थानमा रहेकाे लिभरपुलको १४ खेलमा ३१ अंक छ भने म्यानचेस्टर सिटीको १५ खेलमा ३० अंक छ ।
लिगको अर्को खेलमा वल्भ्सले बर्नलीलाई १-० ले पराजित गर्यो । दक्षिण कोरियाली फरवार्ड ह्वाङ हि चानले गरेको गोल नै खेलमा निर्णायक बन्यो ।
प्रिमियर लिगमा आज राती ६ खेल हुँदैछन् ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]