2 years ago
December 6, 2023
काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिग फागुन १५ गतेबाट सुरु गर्ने अखिल नेपाल फुटबल क्लब (एन्फा) र सी डिभिजन क्लबबीच सहमति भएको छ ।

१४ मध्ये १३ क्लबका प्रतिनिधि र एन्फा महासचिव किरण राईको नेतृत्वमा बुधबार भएको संयुक्त छलफलबाट फागुन १५ गतेबाट सी लिग गर्ने सहमति भएको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिएका छन् । त्यसअघि एन्फाले यसअघिको तयारी खर्चको बाँकी रकम भुक्तानी गरिसक्ने जनाएको छ । शाहका अनुसार आरसी ३२ बाहेक अन्य सबै क्लबका प्रतिनिधिको उपस्थिति थियो ।
हरेक क्लबले ९ लाख मध्ये ४ लाख ५० हजार रुपैयाँ भुक्तानी लिन बाँकी छ । त्यसमध्ये ६ क्लबको रकम आइसकेको प्रवक्ता शाहले बताए । ‘६ क्लबको रकम आइसकेको छ । त्यसमध्ये केहिले भुक्तानी लिइ सकेका छन्, उनले भने,‘ ८ क्लबको प्रक्रिया अघि बढेको छ । त्यो रकम पनि छिट्टै भुक्तानी गर्नेमा एन्फा तयार छ । ’ बी डिभिजन लिग हुने नहुने आशंकाकै बीचमा सी डिभिजनको मिति भने तय भएको छ ।
सामाजिक युवा क्लबका अध्यक्ष सुशिल सुवेदीले पुरानो बाँकी भुक्तानी र तयारीका लागि ६० प्रतिशत रकम उपलब्ध गराएको अवस्थामा फागुन १५ गतेबाट लिग खेल्ने सहमति भएको बताए । गत वर्ष तयारीका लागि १२ लाख रुपैयाँ दिने भनिएपनि क्लबहरुले बढाउनुपर्ने माग पनि राखेको सुवेदीले जानकारी दिए ।

सी डिभिजन लिगका क्लबलाई पनि क्लब लाइसेन्सिङ प्रक्रियामा अघि बढाउन छलफल भएको थियो । त्यस्तै लिग अघि एन्टी डोपिङ र इन्टिग्रेटी कार्यशाला आयोजना गरिने एन्फाले छलफलमा जानकारी गराएको छ । बी नगरि सी लिग गर्ने भन्ने प्रश्नमा एन्फाल प्रवक्ताले भने,‘ एउटाले अर्को लिगलाई असर गर्दैन । बीको पनि छलफल गरेर तय होला । अहिले लाई सीको तय भएको छ । ’
बागमती युथ क्ल्बका अध्यक्ष किस्मतराज मैनालीले पनि फागुन १५ गतेदेखि लिग गर्ने सहमति भएको र क्लबहरुको पनि डिजिटल प्रणालीमा जानुपर्नेमा छलफल भएको बताए । क्लब लाइसेन्सिङका लागि भने एन्फाले आन्तरिक मापदण्ड तयारी गर्ने विषयमा पनि छलफलमा चर्चा भएको बताइएको छ ।
समाज कल्याण खेलकुद केन्द्र क्लबका अध्यक्ष सरोज महर्जनले भने पिरामिड अनुसार लिग हुनुपर्ने विषय आफूहरुले राख्दै आएको बताए । ‘एउटाको अर्को लिगसँग सम्बन्धित हुन्छ । त्यसैले सबै लिग हुनुपर्दछ भन्ने हामीले भन्दै आएका छौं ।’
छलफलमा एन्फाका महासचिव राईसहित कोषाध्यक्ष रविन्द्र जोशी, प्रवक्ता शाह, सदस्य पुरुषोत्तम थापा र कम्पिटिसन डाइरेक्टर सन्जिव मिश्रको सहभागिता थियो ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]