2 years ago
December 6, 2023
एजेन्सी – लियोनल मेस्सी टाइम एथलिट अफ द इयर २०२३ घोषित भएका छन् । मेस्सीले टाइमले एथलिट अफ द इयर घोषित हुने पहिलो पुरुष फुटबल खेलाडी बनेर इतिहास समेत रचेका छन् ।

मेस्सीको कप्तानीमा अर्जेन्टिनाले डिसेम्बर २०२२ मा कतारमा तेस्रो पटक फिफा विश्वकप जितेको ३ सय ५२ दिनपछि यो पुरस्कार घोषणा गरिएको हो । फ्रान्सविरुद्धको फाइनलमा २ गोलसहित ७ गोल गरेका मेस्सी विश्वकपको प्लेयर अफ द टुर्नामेन्ट घोषित भए ।
उनले विश्वकपको प्रत्येक राउण्डमा गोल गर्दै कीर्तिमान पनि बनाएका थिए । सन् २०१४ मा अर्जेन्टिना जर्मनीसंग पराजित भएको थियो । यद्दपी मेस्सी त्यो विश्वकपमा प्लेयर अफ द टुर्नामेन्ट घोषित भएका थिए। विश्वकपको बेला पेरिस सेन्ट जर्मेनमा अनुबन्धित रहेका मेस्सी अहिले अमेरिकाको मेजर लिग सकर क्लब इन्टर मियामी पुगेका छन् छन् ।
अमेरिकामा पनि आफूलाई आइकनका रूपमा स्थापित गरिसकेका छन् । उनले मियामी पुग्ने बित्तिकै प्रभाव पार्दै टोलीको छोटो इतिहासमा पहिलो ट्रफी समेत जिताए । अमेरिकी फुटबलमा ठूलो प्रभावका कारण उनले यो अवार्ड जितेका हुन् । उसले मेजर लिग सकरलाई कुनै खेलाडीले ल्याउन नसकेको स्तरमा विश्वको आँखामा पुर्याएका छन् ।
अमेरिकाले २०२४ कोपा अमेरिका र २०२६ को विश्वकप आयोजना गर्ने तयारी गरेको अवस्थामा, मेस्सीको मियामी आगमनलाई अमेरिकी खेलकुदको नयाँ युगको उत्प्रेरकको रूपमा हेरिएको छ ।
२०१९ मा सुरु भएको यस अवार्डमा अमेरिकी महिला फुटबल राष्ट्रिय टोली, लेब्रोन जेम्स, सिमोन बाईल्स र एरन जज पुर्वविजेताहरू रहेका छन् । अक्टोबरमा मेस्सीले कीर्तिमानी आठौं पटक बालोन डी’ओर अवार्ड समेत जितेका थिए ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]