2 years ago
December 6, 2023
काठमाडौं (हाम्रो खेलकुद) – पोखरा थन्डर्सले दोस्रो संस्करणको नेपाल सुपर लिगमा स्पोर्टिङ्ग इलाम एफसीमाथि जित हात पार्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। पोखराले इलामलाई १-० गोलले हराउँदै ८ अंकका साथ शीर्षस्थानमा उक्लिएको होा । पोखराको जितमा सन्जीव विष्टले दोस्रो हाफको ४७ औं मिनेटमा गरेको गोल नै जितको लागि पर्याप्त भयो ।

दोस्रो हाफको सुरुवातमै इलाम गोल खानबाट बच्यो। सन्जीव विष्टको पासमा मोसेस ग्याबाले गरेको प्रहार पोस्टमा लागेर भुइँमा रहेका विकेश कुथुलाई लागेर गोल लाइन हुँदै पोस्टको अर्कोतर्फ पुगेको थियो।
तर अर्को मिनेटमा भने पोखराले अग्रता लिन सफल भयो। आयुष घलानको कर्नर किक थिओमले क्लियर गर्न नसकेर एनडवलाई लागेपछि सन्जीव विष्टले बललाई पोस्टको दिशा देखाएका थिए । त्यो गोल नै जितको लागि पर्याप्त बन्यो ।
सुरुवाती समयदेखि नै पोखरालाई दबाबमा राखेको पूर्वेली टोली इलामले पहिलो हाफलमा गोल भने गर्न सकेन । उता पोखराले भने खेलमा अवसर सृजना गर्न पहिलो हाफको आधा समय कुर्नु परेको थियो ।
चौथो मिनेटमा इलामका ओमार थिओमको लङ९रेन्ज प्रहारले पोस्टको दिशा लिएन । छैठौं मिनेटमा इलामले गोल गर्ने राम्रो मौका गुमाएको थियो । इब्राहीम जितेको क्रसमा थिओमको हेडर पोस्टको माथिबाट बाहिरिएको थियो ।

अर्को मिनेटमा इब्राहीमकै क्रस एन्जल महर्जनले क्लियर गरे । १३औं मिनेटमा फोडे कमाराको क्रस पोस्टको छेउबाट बाहिरियो। २०औं मिनेटमा आएर पोखराले खेलमा पहिलो अवसर सृजना गरेको थियो । तर दिपेश आले मगरको क्रसमा स्टेफन अन्नोरले हेडर प्रहार गर्न सकेनन् ।
२३औं मिनेटमा इब्राहीमको फ्रिकिक प्रहार पोखराका गोलरक्षक यभ्स प्रिसोले सहजै समाते। ३०औं मिनेटमा इलामले ठूलो मौका खेरा फाल्यो। अमाथ एनडवको थ्रु९पासमा कमाराले गरेको प्रहार प्रिसोले बचाएका थिए । ३६औं मिनेटमा पोखराका सुरज जिउ ठकुरीको क्रस सुरज बस्नेतले क्लियर गरेका थिए ।
थपिएको समयमा थिओमको बक्स बाहिरबाट लिएको प्रहार सिधै प्रिसोको हातमा जन पुग्योको थियो । पहिलो हाफमा गोल हुन सकेन । तर दोस्रो हाफको सुरुवातमा पोखराले थप आक्रामण फुटबल खेलेको थियो । सुरुवातै गोल गरेपछि पोखरा हाबी बनेको थियो ।
त्यसपछि भने पहिलो हाफ कै स्तिथि दोहोरियो र इलामले दबाब सृजना गर्न थाल्यो। ५५औं मिनेटमा नवीन लामाले एनडवलाई दिएको थ्रु(पासलाई प्रिसोले गोल लाइन अगाडि आएर समाते ।

५७औं मिनेटमा नवीनले नै लामो दुरुबाट लिएको प्रहारले पोस्टको दिशा लिएन। ६७औं मिनेटमा भने इलामले राम्रो अवसर सृजना गर्यो। एनडवको क्रसमा विमल पाण्डेले फार पोस्टमा पाएको फ्रि हेडर अवसरमा बललाई पोस्टको दिशा दिन सकेनन्।
७७औं मिनेटमा मोसेसले बक्स बाहिरबाट गरेको प्रहार डिफ्लेक्ट भएर बाहिर जन पुग्यो। ८०औं मिनेटमा कमाराको प्रहार प्रिसोले आफ्नो बायाँतर्फ डाईभ गरेर बचाए। जित हासिल गर्दै अविजित यात्रा कायम गरेको पोखराको चार खेलमा आठ अंक भएको छ। उता इलामको भने चार खेलमा तीन अंक मात्र रहेको छ।
भोलि हुने खेलमा एफसी चितवनले बुटवल लुम्बिनी एफसीको सामना गर्ने छ। खेल साँझ ५ बजे दशरथ रंगशालामा हुने छ।
December 11, 2025
एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]
December 11, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा रियल मड्रिडलाई २–१ ले हराउँदै महत्वपूर्ण जित हात पार्यो। खेलमा पहिला रियलले अग्रता लिए पनि सिटीले पहिलो हाफमै खेलमा पुनरागमन गरेको थियो। रियलका रोड्रिगोले २८औँ मिनेटमा गोल गर्दै टोलीलाई १-० ले अघि बढाए। त्यसअघि रियललाई दिइएको पेनाल्टी भने भिएआरले हेरेर खारेज गरिदियो। तर त्यसपछि रियल कमजोर देखियो। ३५ औं […]
December 10, 2025
एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो। सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]