2 years ago
December 7, 2023
एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत साविक विजेता म्यानचेस्टर सिटीले एस्टन भिल्लाको मैदानमा हार बेहोरेको छ । भिल्लाले १-० को जित दर्ता गरेको हो ।

खेलको ७४ औं मिनेटमा लिओन बेलीले गरेको गोल नै खेलमा निर्णायक सावित भयो । उनले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार डिफेन्डर रुवेन डियासलाई लाग्दै गोल भएको थियो ।
पछिल्लो खेलमा टोटेनहम हट्सपरसँग बराबरीमा रोकिएको सिटी लगातार दोस्रो खेलमा जित निकाल्न नसक्दा अंक तालिकाको चौथो स्थानमा खसेको छ । सिटीको १५ खेलमा ३० अंक छ ।
भिल्लाले भने १५ खेलमा ३२ अंक जोड्दै तेस्रो स्थानमा छलाङ मारेको छ । शीर्षस्थानको आर्सनलको ३६ र लिभरपुलको ३४ अंक छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]