2 years ago
December 7, 2023
एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत साविक विजेता म्यानचेस्टर सिटीले एस्टन भिल्लाको मैदानमा हार बेहोरेको छ । भिल्लाले १-० को जित दर्ता गरेको हो ।

खेलको ७४ औं मिनेटमा लिओन बेलीले गरेको गोल नै खेलमा निर्णायक सावित भयो । उनले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार डिफेन्डर रुवेन डियासलाई लाग्दै गोल भएको थियो ।
पछिल्लो खेलमा टोटेनहम हट्सपरसँग बराबरीमा रोकिएको सिटी लगातार दोस्रो खेलमा जित निकाल्न नसक्दा अंक तालिकाको चौथो स्थानमा खसेको छ । सिटीको १५ खेलमा ३० अंक छ ।
भिल्लाले भने १५ खेलमा ३२ अंक जोड्दै तेस्रो स्थानमा छलाङ मारेको छ । शीर्षस्थानको आर्सनलको ३६ र लिभरपुलको ३४ अंक छ ।
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]